
भेरी नगरपालिकाको १३ औं नगरसभा आईतबार सम्पन्न भएको छ । सम्पन्न १३ औं नगर सभाले ७८ करोड ९२ लाख ६७ हजार ८५० को बजेट पारित गरेको छ ।
सामाजिक सुरक्षातर्फ १४ करोड ३० लाख, संघीय सरकारको बित्तिय समानिकरण अनुदान तर्फ ११ करोड १८ लाख, सशर्त अनुदान चालुतर्फ २८ करोड ४६ लाख, पुँजीगत तर्फ २ करोड २९ लाख, राजश्व बाँडपाँड वापत ११ करोड ४३ लाख ९८ हजार, बिशेष अनुदान चालुतर्फ १ करोड १५ लाख, संघीय समपुरक अनुदान तर्फ १ करोड ४० लाख गरी ५५ करोड ९१ लाख ९८ हजार संघीय सरकारबाट प्राप्त गर्ने अनुमान सम्पन्न नगरसभाले गरेको छ । त्यसैगरी कर्णाली प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान तर्फ १ करोड २८ लाख ४६ हजार, राजश्व बाँडपाँड वापत १० लाख ९७ हजार ८५०, सशर्त अनुदान पुँजीगत १ करोड ९५ लाख, चालुतर्फ १ करोड ९९ लाख ७६ हजार, बिशेष अनुदान चालु तर्फ ५५ लाख, समपुरक अनुदान १ करोड गरी ६ करोड ८९ लाख १९ हजार ८५० प्राप्त गर्ने नगरसभाले अनुमान गरेको छ । त्यसैगरी नगर सभाले नगरपालिकाको राजश्व बाँडफाँड ८० लाख, आन्तरिक श्रोतबाट १ करोड १ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य लिएको छ ।
सम्पन्न १३ औं नगरसभाले आर्थिक विकास तर्फ कृषि विकास, पशुपन्छी विकास र पर्यटन पवद्र्धन, सामाजिक विकास तर्फ युवा, शिक्षा तथा खेलकुद विकास, खानेपानी तथा सरसफाई, स्वास्थ्य सेवा, बहुँक्षेत्रीय पोषण कार्यक्रम, बालबालिका तथा जेष्ठ नागरिक, वन, वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, पूर्वाधार विकास तर्फ सडक तथा यातायात, सिंचाई, नदी नियन्त्रण, झोलुङ्गे पुल, सहरी पूर्वाधार जस्ता विषयगत क्षेत्रमा बजेट विनियोजन गर्नुका साथै ७८ करोड ९२ लाख ६७ हजार ८५० को बजेट पारित गरेको छ ।

सम्पन्न १३ औं नगरसभाबाट पारित गरिएको बजेट भाषणको पूर्णपाठ यस्तो छः–
सम्पन्न १३ औं नगरसभाबाट पारित गरिएको विनियोजन ऐन, २०८० को पूर्णपाठ यस्तो छः–













