
जाजरकोट
नेपाल घरेलु तथा साना उद्योग महासंघ, जाजरकोट अध्यक्षमा शिव विक्रम हमाल सर्वसम्मत चयन भएका छन् । सनिबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न सातौं जिल्ला अबिधेशनले हमाललाइ अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
सातौं जिल्ला अबिधेशन तथा साधारण सभाले अध्यक्षमा शिव विक्रम हमाललाइ सर्वसम्मत चयन गरेको थियो भने, बरिष्ठ उपाध्यक्षमा प्रेम बहादुर सिंह, उपाध्यक्षमा प्रेम बहादुर वलीलाइ सर्वसम्मत चयन गरेको सम्मेलन आयोजक समितिका अध्यक्ष लाल बहादुर नेपालीले जानकारी दिए । अध्यक्ष नेपालीले दिएको जानकारी अनुसार अबिधेशनले महासचिवमा दल बहादुर सिंह, कोषाध्यक्षमा गोविन्द बुढा, सदस्यहरुमा तारा बहादुर पुन, लोक बहादुर खत्री, जित बहादुर सुनार, नविन न्यौपाने र गणेश प्रसाद शर्मालाइ सर्वसम्मत चयन गरेको छ । ५ सदस्य पछि मनोनित गर्ने गरी १५ सदस्य जिल्ला कार्यसमिति अबिधेशनले चयन गरेको नेपालीले जानकारी दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, कर्णाली प्रदेश अध्यक्ष चन्द्र बहादुर विसीको प्रमुख आथित्यतामा सम्पन्न सातौं जिल्ला अबिधेशनले अमर सिंह राठौंर, लाल बहादुर नेपाली, सारदा हमाललाइ केन्द्रीय प्रतिनीधिमा चयन गरेको छ भने, हिटलर सिंह राठौंर, मिलन परियार र सिला नेपालीलाइ प्रदेश प्रतिनीधिमा चयन गरेको छ । उक्त अबिधेशनको अन्य अतिथिमा नेपाल घरेलु तथा साना उद्योग महासंघ, कर्णाली प्रदेश सदस्य किरण कुमार श्रेष्ठ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोट प्रमुख नरेन्द्र अधिकारी रहेका थिए ।

















