News Portal

अन्ध बिश्वास बिरुद्ध संघर्ष गर्दै आएका अधिकारीको बिचारलाई स्थापित गर्न श्रद्धान्जली सभाको आयोजना

९९८ पटक

चेतना भन्दा बस्तुलाई पहिलो स्थान दिदै आएको भौतिकवादी दृष्टिकोणमा बिश्वास राख्दै आएका शिक्षक नेता, गायक तथा सर्जक शेर बहादुर अधिकारीको बिचारलाई स्थापित गर्न सनिबार काठमाडौंमा श्रद्धान्जली सभाको आयोजना गरिएको थियो । उक्त श्रद्धान्जली सभा कार्यक्रम सारदा स्मृती सामाजिक उत्थान प्रतिष्ठानको आयोजनामा अधिकारीका दुई छोरी र तीन छोराले गरेका थिए ।

कार्की व्याङ्क्वेटमा आयोजना गरिएको उक्त श्रद्धान्जली सभा कार्यक्रममा प्रतिनीधि सभा सदस्य तथा पूर्वमन्त्री शक्ति वहादुर बस्नेत, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, पूर्वमन्त्री तथा प्रतिनीधि सभा सदस्य सत्य पहाडी, पूर्व सभासद तथा राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा, नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद राजिब बिक्रम शाह लगायतका नेता तथा कार्यकर्ता र सर्वसाधारणहरुको सहभागीता रहेको थियो ।

चेतनालाई पहिलो स्थान दिदै आएको आध्यात्मवादी दृष्टिकोणले आत्मा, प्रमात्मा जस्ता अन्धविश्वासमा भर पर्ने गरेको बताउदै आयोजित श्रद्धान्जली सभामा बोल्ने बक्ताहरुले अधिकारी रुढीगत परम्पराको कट्टर बिरोधी भएको बताएका थिए । आस्तिकहरुले अलौकिक शक्तिमा बिश्वास गर्ने गरेको बताउदै बक्ताहरुले नास्तिकहरुले मानव शरिरका ज्ञानेन्द्रहरुले अनुभुत गर्न नसक्ने अदृष्य शक्तिलाई अस्वीकार गर्ने बताएका थिए । हिजोको पूर्खाले आफ्नो साम्राज्य कायम राख्नको लागि धार्मिक सत्ता संचालन गरेर आम नागरिकहरुलाई आस्तिक बन्न बाध्य बनाएको तर्क गर्दै बक्ताहरुले बिज्ञान र प्रविधिको प्रयोगबाट चन्द्रमामा पुग्ने र मानव बस्ती बसाउने होडबाजी चलिरहेको बेलामा अदृष्य धर्म, संस्कारमा बिश्वास गर्नु र त्यसैमा रुमलिनु नहुने भनाई राखेका थिए ।

कम्युनिष्ट पार्टी प्रतिको जनताको आकर्षणलाई घटाउनका लागि हिजोका पञ्चेहरुले कम्युनिष्टहरुले छोरी–बैनी मान्दैन, गाई काटेर खान्छन, ६० बर्ष भन्दा माथिको नागरिकलाई गोली हान्छन भन्ने जस्ता भ्रमहरु सृजना गरेको बताउदै वक्ताहरुले अहिले आएर सबै भन्दा बढि धर्मकर्म, संस्कार र संस्कृतिमा कम्युनिष्ट पार्टीका नेताहरुले बिश्वास राख्ने गरेको चर्चा गरेका थिए । कम्युनिष्ट पार्टीकै सरकारको पालादेखि जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको चर्चा गर्दै बक्ताहरुले भौतिकवादी दृष्टिकोण र कम्युनिष्ट पार्टीको सिद्धान्तलाई राजनैतिक गर्ने जलपका रुपमा नेताहरुले प्रयोग गरिरहेको बताएका थिए । कार्यक्रमका बक्ताहरुले शेर बहादुर अधिकारीको १३ दिने क्रिया नगरी श्रद्धान्जली सभा कार्यक्रमको आयोजना गरेर कम्युनिष्ट पार्टी सिद्धान्तका मुर्धन्य व्यक्तित्वलाई चुनौती दिएको बताएका थिए ।

टुटफुट र विभाजनले छिन्ना भिन्ना भएको कम्युनिष्ट पार्टीको आस्था र विचारलाई जोगाउन अधिकारीको १३ दिने काजक्रिया नगरेर गरिएको श्रद्धान्जली सभाले मद्दत गरेको नेताहरुले भनाई राखेका थिए । रुढीवादी संस्कारले कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टीका नेताहरुलाई ग्रसित बनाई रहेको बेला भौतिकवादी दृष्टिकोणमा आधारित प्रगतिशित संस्कारमा रहेर बुवाको काजक्रिया पुरा गरेको बताउदै अधिकारीका दुई छोरी र तीन छोरालाई नेताहरुले हार्दिक बधाई दिएका थिए ।

उक्त श्रद्धान्जली सभामा अधिकारीकी जेठी छोरी सावित्री अधिकारी, जेठा छोरा अर्जुन अधिकारी, कान्छी छोरी शोभा अधिकारी, माईलो छोरा महेश अधिकारी र कान्छो छोरा हेमराज अधिकारीले आ–आफ्नो भनाई राखेका थिए । बुवाले राख्दै आएको आस्था र बोक्दै आएको बिचारलाई पुरा गर्न आफुहरुले हिन्दु संस्कार अनुसारको १३ दिने काजक्रिया नगरेको उनीहरुले बताएका थिए ।

अधिकारी निधन भएको १३ औं पुन्य तिथि यही असोज १२ गते छेडागाड नगरपालिका–९ पजारु घरमा श्रद्धान्जली कार्यक्रम आयोजना गरिने अधिकारी पारिवारीक स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्