जाजरकोट
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बारेकोट गाउँ समितिको अध्यक्षमा धन बहादुर नेपाली निर्वाचित भएका छन् । बुधबार सम्पन्न बारेकोट गाउँ समितिको तेस्रो सम्मेलनबाट अध्यक्षमा नेपाली निर्वाचित भएका हुन् ।
मंगलबार देखि सुरु भएको बारेकोट गाउँ समितिको तेस्रो सम्मेलन बुधबार सम्पन्न भएको थियो । तेस्रो सम्मेलनले नेपालीको अध्यक्षतामा ४५ सदस्य गाउँ समितिलाइ निर्वाचित गरेको सम्मेलन आयोजक समितिले जनाएको छ । आयोजक समितिले दिएको जानकारी अनुसार बारेकोट गाउँ समितिको तेस्रो सम्मेलनले अध्यक्षमा धन बहादुर नेपाली, बरिष्ठ उपाध्यक्षमा बशन्त शाही, उपाध्यक्षमा धन बहादुर बोहरा, उपाध्यक्षमा रतन विक, सचिवमा दल बहादुर बुढा, सह–सचिवमा धुर्वलाल शर्मा र कोषाध्यक्षमा पवित्रा रावत बोहरालाइ निर्वाचित गरेको छ ।
जाजरकोट जिल्लाका सात वटै स्थानीय तहहरुमध्ये बारेकोट गाउँ समितिको तेस्रो सम्मेलन जिल्लाकै पहिलो सम्मेलन हो । उक्त सम्मेलनले युवा नेताहरुलाइ नेतृत्वमा ल्याउन सफल भएको नवनिर्वाचित अध्यक्ष नेपालीको भनाइ रहेको छ । सम्पन्न जिल्लाकै पहिलो बारेकोट गाउँ समितिको सम्मेलनले युवा आकर्षणलाइ बढाउन सफल भएको अध्यक्ष नेपालीले दावी गरेका छन् ।
समकालिन राजनीतिक परिदृष्यमा युवा आकर्षणको मात्रालाइ बढाउन पुस्ता हस्तान्तरण गर्न बारेकोट गाउँ समितिको तेस्रो सम्मेलन पूर्ण रुपमा सफल भएको सम्मेलन आयोजक समितिका अध्यक्ष हरि बहादुर थापाको भनाइ रहेको छ । बारेकोटबाट सुरु भएको माओवादी केन्द्र प्रतिको युवा आकर्षण जिल्लाका सात वटै पालिकासम्म पुग्ने बारेकोट गाउँ समितिका ईन्चार्ज तिलक रावतले दावी गरेका छन् ।