जाजरकोट
भुकम्पले क्षेतिग्रष्त विद्यालयका अस्थायी सिकाइ केन्द्र र नीजि आबासहरु युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) ले आन्तरिक अनुगमन गरेको छ । भेरी नगरपालिका– २ को विभिन्न स्थानका अस्थायी सिकाइ केन्द्र र अस्थायी आबास बुधबार (यार्सन) ले आन्तरिक अनुगमन गरेको हो ।
युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) को कार्यसमितिले पुरानो रिसाङ्ग स्थित जनता प्राथमिक विद्यालय र बाहुनथान स्थित शिवशंकर माध्यामिक विद्यालयको अस्थायी सिकाइ केन्द्र, निर्माणाधिन शिवशंकर मावि बाहुनथानको दुइ कोठे पक्की भवनको अनुगमन गरेको थियो भने, पुरानो रिसाङ्ग, पोखरा, ओख्रेन लगाएतका स्थानमा निर्माण गरिएका अस्थायी आबासको अनुगमन गरेको थियो ।
कारितास मकाव र कारितास नेपालको आर्थिक सहयोगमा ‘जाजरकोट भुकम्प पुनर्लाभ–तेस्रो परियोजना’ संचालन गरेको युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) ले भेरी नगरपालिका–२ को डिङ्गामा १०, पोखरामा २१, बाहुनथानमा ११, दारामा ४, पुरानो रिसाङ्ग ७, नेटामा ४, तातापानीमा ३, रिसाङ्गमा ३, तिमिलेमा १ गरी जम्मा ६४ वटा अस्थायी आबास निर्माण गरेको कार्यक्रम संयोजक सहदेब बस्नेतले जानकारी दिए ।
‘जाजरकोट भुकम्प पुनर्लाभ–तेस्रो परियोजना’ अन्तरगत युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) ले भेरी नगरपालिका–२ पुरानो रिसाङ्ग स्थित जनता प्रावि, बाहुनथान स्थित शिवशंकर मावि, तिमिलेको गुमथले स्थित हिमालय प्राविमा २–२ कोठे अस्थायी सिकाइ केन्द्र निर्माण गरेको कार्यक्रम संयोजक बस्नेतले बताए ।
कार्यक्रम संयोजक बस्नेतले दिएको जानकारी अनुसार युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) को आफ्नै स्रोतबाट शिवशंकर मावि बाहुनथानमा २६ लाख भन्दा बढिको बजेटमा दुइ कोठे पक्की भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ‘जाजरकोट भुकम्प पुनर्लाभ–तेस्रो परियोजना’ अन्तरगत भेरी नगरपालिका–२ मा ६४ वटा नीजि अस्थायी आबास निर्माण गरेको युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) ले भेरी नगरपालिका वडा नं. ४ मा १२, वडानं. ३ मा १, वडा नं. ५ मा २, रुकुमपश्चिमको आठवीसकोट नगरपालिका–१४ मा ४६ गरी जम्मा १२५ वटा नीजि अस्थायी आबास निर्माण गरेको छ ।
युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) ले ‘जाजरकोट भुकम्प पुनर्लाभ–पहिलो र दोस्रो परियोजना’ सिआरसीको आर्थिक सहयोग र कारितास नेपालसंगको समन्वय तथा सहकार्यमा संचालन गरेको थियो । ‘जाजरकोट भुकम्प पुनर्लाभ–पहिलो परियोजना’ अन्तरगत युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) ले जाजरकोटको भेरी र नलगाड नगरपालिका र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा २०० नीजि अस्थायी आबास निर्माण गरेको कार्यक्रम संयोजक बस्नेतले बताएका छन् । परियोजनाको दोस्रो चरणमा भेरी नगरपालिकाको वडा नं. १, ३ र ४ मा ३०० नीजि अस्थायी आबास निर्माण गरेको बस्नेतले जानकारी दिए । परियोजनाले तीन चरणमा जाजरकोट र रुकुमपश्चिमा २९ वटा विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण गरेको छ । १३ वटा खानेपानी आयोजना मर्मत तथा सुधार गरेको कार्यक्रम संयोजक बस्नेतले बताएका छन् । त्यसैगरी परियोजनाले जाजरकोट र रुकुमपश्चिमका ७ वटा स्थानमा मनोसामाजिक परामर्श तथा सुरक्षित आबास सम्बन्धि सडक नाटक प्रस्तुत गरेको थियो ।