News Portal

जाजरकोटमा युवा मानव अधिकारका बिषयमा अन्तरक्रिया

डिजिटल संचार संवाददाता२०८१ पौष ७
२५१ पटक

जाजरकोट
जिल्ला सदरमुकाम खलंगामा युवा मानव अधिकार रक्षकका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनीधि र सरोकारवालाहरु बीच युवा मानव अधिकार रक्षकका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

आइतबार होटल हिमालयनको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । युवा मानवअधिकार रक्षक नेटवर्क, जाजरकोटको आयोजनामा संचालन गरिएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि नलगाड नगरपालिकाका उपप्रमुख देवका लामिछानेले युवाको शिक्षा, रोजगारी र मनोरञ्जनको अधिकारका विषयमा आफुहरु गम्भीर रहेको भनाइ राखेकी थिइन् । उपनिर्वाचनबाट नगर उपप्रमुखको जिम्मेवारीमा आएको बताउदै लामिछानेले युवा मनोविज्ञानलाइ प्राथमिकतामा राखेर अगाडी बढ्ने प्रतबद्धता व्यक्त गरेकी थिइन् ।

युवा लक्षित कार्यक्रमलाइ प्राथमिकतामा राखेर बजेट विनियोजन तथा कार्यक्रम छनौट गर्ने गरेको कार्यक्रमका अतिथि तथा कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले भनाइ राखेकी थिइन् । युवा मानवअधिकार रक्षक नेटवर्कसंगको सहकार्यमा आगामी दिनमा युवा लक्षित कार्यक्रमलाइ अझ बढि प्रभावकारी बनाउने उपाध्यक्ष सिंहले प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।

क्षमता विकास गरी युवाहरुलाइ राजनीतिक तथा सामाजिक नेतृत्वमा ल्याउनु कार्यक्रमको मुख्य उदेश्य रहेको थियो । युवा मानव अधिकार रक्षकका सावलहरुलाइ पहिचान गरि कार्यक्रमबाट सामुहिक प्रतिवद्धता व्यक्त गरिएको थियो ।

युवा मनवअधिकार रक्षक नेटवर्क, जाजरकोटका अध्यक्ष प्रेम विश्वकर्माको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमले पाँचबुँदे सामुहिक प्रतिवद्धता गरेको छ ।

उक्त प्रतिवद्धताहरु निम्नानुसार रहेका छन्ः–
मानव अधिकार प्रवद्र्धन र संरक्षणको लागि निर्वाचित जनप्रतिनीधि, मानव अधिकार रक्षक र सरोकारवाला प्रतिवद्ध छौं । मानव अधिकार शिक्षा, प्रवद्र्धन र संरक्षणमा बजेट कार्यक्रम अघि बढाउन प्रतिवद्ध छौं । मानव अधिकार उलंघन घटनाका समस्या, सवालहरुमा युवा मानवअधिकार रक्षक संजाल, जनप्रतिनीधि र मानवअधिकारकर्मी बीच समन्वय गर्न प्रतिवद्ध छौं । मानवअधिकार रक्षकहरुको समग्र सुरक्षा, संरक्षण नीति बनाउन प्रतिवद्ध छौं । स्थानीय तहमा मानवअधिकार उलंघनका घटनाको दस्तावेजीकरण गर्न प्रतिवद्ध छौं ।

प्रतिकृया दिनुहोस्