जाजरकोट
नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले नलगाड नगरपालिकामा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । विद्यार्थीहरुको शिक्षा र ज्ञान प्रति रुची बृद्धि गर्न अनेरास्ववियु (क्रान्तिकारी) ले नलगाडमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको हो ।
यही माघ १४ गते अनेरास्ववियु (क्रान्तिकारी) ले नलगाडमा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको अनेरास्ववियु (क्रान्तिकारी) का नलगाड इन्चार्ज रविन्द्र खड्काले जानकारी दिए । विद्यार्थीहरुको बौद्धिक क्षमताको विकास गराउन अनेरास्ववियु (क्रान्तिकारी) ले नलगाडमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ इन्चार्ज खड्काले भने–‘प्रतियोगिताको प्रथम पुरस्कार राशी १० हजार द्धितिय पुरस्कार राशी ७ हजार र तृतीय पुरस्कार राशी ५ हजार नगद सहित प्रमाण पत्रको व्यवस्था गरिएको छ ।’
नलगाड नगरपालिकाको दल्लीमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा शिक्षा, राजनीति, विज्ञान, साहित्य, खेलकुद र वर्तमान अबस्था जस्ता विषयगत क्षेत्रबाट प्रश्नहरु सोधिने तयारी गरिएको प्रतियोगिताको आयोजकले जनाएका छन् । एउटा विद्यालयबाट अधिकतम ३ जना विद्यार्थीको समुहले प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरिएको छ । प्रतियोगिहरुले सम्बन्धित विद्यालयको अनुमति लिएर मात्र प्रतियोगितामा भाग लिनुपर्ने प्रावधान राखिएको छ । प्रतियोगितामा भाग लिने सबै विद्यालयलाइ सम्मान पत्रको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । प्रतियोगिताका सहभागीहरुलाइ कापी, कलमको व्यवस्था आयोजकले गरेका छन् ।