News Portal

१० देखि १४ बर्षका किशोरीहरुका लागि एचपिभी खोप अभियान

डिजिटल संचार संवाददाता२०८१ माघ ५
११५ पटक

जाजरकोट
१० देखि १४ बर्षका किशोरीहरुलाइ एचपिभी खोप लगाइने भएको छ । राष्ट्रिय खोप अभियानका रुपमा १० देखि १४ बर्षका किशोरीहरुलाइ एचपिभी खोप लगाइने भएको हो ।

पाठेघरको मुखको क्यान्सर निवारण गर्न एचपिभी विरुद्धको राष्ट्रिय खोप अभियान संचालन गरिएको हो । विश्व स्वास्थ्य संगठन (ध्ज्इ) का अनुसार पाठेघरको मुखको क्यान्सर हुनुको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस (ज्एख्) संक्रमण हो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार पाठेघरको मुखको क्यान्सरनै महिलाहरुमा हुने क्यान्सरहरूको प्रमुख कारणहरू मध्ये एक भएको भेरी नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख दिपक वलीले बताए । सनिबार भेरी नगरपालिकाको सभाहलमा आयोजना गरिएको नगर खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा शाखा प्रमुख वलीले यस्तो जानकारी दिएका थिए ।

भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीको अध्यक्षतामा आयोजित नगर खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा शाखा प्रमुख वलीले पाठेघरको मुखको क्यान्सर संक्रमित हुने विश्वमा प्रतिबर्ष झण्डै ६ लाख महिलाहरुको संख्या रहेको जानकारी दिएका थिए । प्रतिबर्ष पाठेघरको मुखको क्यान्सरले विश्वमा ३ लाख ४० हजार महिलाको मृत्यु हुने गरेको उनले बताए । पाठेघरको मुखको क्यान्सरलाइ निवारण नगर्ने हो भने विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म विश्वमा प्रतिबर्ष संक्रमित हुने महिलाको संख्या ७ लाख पुग्ने अनुमान गरेको छ शाखा प्रमुख वलीले भने, ‘नेपालमा पाठेघरको मुखको क्यान्सरबाट प्रतिबर्ष २ हजार १६९ जना महिला संक्रमित हुने गरेका छन् भने, प्रतिबर्ष १ हजार ३१३ जनाको मृत्यु हुने गरेको छ ।’

विश्व क्यान्सर दिवसको अबसरमा माघ २२ गतेदेखि सुरु गरिएको एचपिभी खोप अभियानलाइ फागुन ६ गतेसम्म संचालन गर्ने कार्यक्रम तय भएको शाखा प्रमुख वलीले बताएका थिए । उक्त खोप कक्षा ६ देखि कक्षा १० सम्म विद्यालयमा अध्ययनरत किशोरीहरुलाइ लगाउने कार्यक्रम रहेको वलीले बताए । विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ बर्षसम्मका किशोरीहरुलाइ हामीले यो खोप लगाउछौं वलीले भने, ‘भेरी नगरपालिकाका १३ वटै वडाका २ हजार ६१३ जना किशोरीलाइ यो खोप लगाउन ४७ वटा खोप केन्द्र स्थापना गरेका छौं, खोप लगाउन ४९ जना स्वास्थ्यकर्मी र ९८ जना स्वयम्सेवक परिचालन गर्ने योजना बनाएका छौं ।’ ९० प्रतिशत किशोरीलाइ यो खोप लगाउने राष्ट्रिय खोप अभियानको लक्ष्य रहेता पनि भेरी नगर स्वास्थ्य शाखाले सतप्रतिसत किशोरीलाइ खोप लगाउने लक्ष्य राखेको शाखा प्रमुख वलीले बताए ।

विश्व स्वास्थ्य संगठनले गरेको सिफारिसका आधारमा १० देखि १४ बर्ष उम्मेर समुहका किशोरीहरुलाइ यो खोप लगाउन लागिएको जानकारी दिदै शाखा प्रमुख वलीले एचपिभी विरुद्धको खोप सतप्रतिसत प्रभावकारी रहेको दावी गरे । यस बर्ष राष्ट्रिय खोप अभियानका रुपमा संचालन गरिएको एचपिभी खोप अर्को बर्षदेखि नियमित खोपका रुपमा संचालन हुने शाखा प्रमुख वलीले जानकारी दिए ।

अर्को बर्षदेखि कक्षा ६ मा अध्ययनरत र विद्यालय भन्दा बाहिर रहेका १० बर्षका किशोरीहरुलाइ मात्र यो खोप संचालन गरिने बताइएको छ । जीवनमा एक पटक लगाए पुग्ने एचपिभी खोप यस बर्ष विश्वका ९८ देशमा अभियानका रुपमा खोप संचालन भइरहेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्