News Portal

एक हजार १२५ को मतान्तरले नलगाडको उप–प्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट लामिछाने विजयी

१५९ पटक

जाजरकोट
नलगाड नगरपालिकाको उप–प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार देवका लामिछाने (सोभा) विजयी भएकी छन् । निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवारलाइ १ हजार १२५ मतले पछि पार्दै लामिछाने विजयी भएकी हुन् ।

लामिछानेले ४ हजार २ सय ७२ मत प्राप्त गरेर विजयी भएकी छन भने, उनको निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार सुनिता बोहराले २ हजार पाँच सय ४२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका जाजरकोटले जानकारी दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पार्बती पुनले १७९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार सुनिता पुन रावलले ५८ मत र नेपाल समाजवादी पार्टीका पबित्रा जैसीले १७ मत प्राप्त गरेकी छन् ।

१६ हजार ६२ मतदाता रहेको नलगाड नगरपालिकामा १० हजार ५४२ जनाले मतदान गरेका थिए । २०७९ बैसाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित नलगाड नगरपालिकाको उप–प्रमुख सरिता सिंहको २०८० कातिक १७ गतेको जाजरकोट भुकम्पमा निधन भएको थियो । सिंह काँग्रेस माओवादी गठबन्धनबाट विजयी भएकी थिइन् । यसपटक दलहरु एक्ला एक्लै चुनाव लडेका थिए ।

प्रतिकृया दिनुहोस्