Hamro Sanchar

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भेरी नगरपालिका विजयी

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/६/१६ गते
जाजरकोट

सनिबार आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भेरी नगरपालिका बिजयी भएको छ । जिल्ला अदालत र जिल्ला हुलाक कार्यालयमा कार्यरत कर्मचारी टिमलाई भेरी नगरपालिकाको कर्मचारी टिमले ० का विरुद्ध ४ गोल गरेर विजयीको उपाधी हासिल गरेको हो ।

बडादशैको उपलक्ष्यमा शनिवार मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो । भेरी नगरपालिका–३ थाप्ले स्थित त्रिभुवन माविको खेल मैदानमा फुटबल खेलको आयोजना गरिएको थियो । प्रतियोगितामा खसीको बाजी राखिएको थियो । खेलाडी कर्मचारी आफैले पैसा संकलन गरेर खसी बाजी राखिएको थियो । बाजी नगरपालिकाले जिते पनि पिकनिकमा सवै खेलाडी कर्मचारीलाई सहभागी गराईएको छ ।

८० मिनेट खेलाइएको फुवल खेल निकै रोमाञ्चक भएको रेफ्री मनोज शाहले बताए । नगरपालिकाको कर्मचारी टिमका खेलाडीले ४ गोल हान्दा अदालत र हुलाक कार्यालयमा कार्यरत कर्मचारी टिमका खेलाडीले एक गोल पनि गर्न सकेका थिएनन् । दशै तथा तिहारको अवसरमा कर्मचारी विच रमाइलो गर्न भनेर मैत्रीपुर्ण फुटबल खेलको आयोजना गरिएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्