News Portal

आप्रवासन सहायता कक्ष स्थापना

३३४ पटक

जिल्ला प्रशासन कार्यालयमा आइतबार सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना भ्एको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा जिल्ला प्रशासन कार्यालयमा उक्त कक्ष स्थापना भएको हो ।

प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले बैदेशिक रोजगारीमा जाने युवायुवतीलाई सहयोग पुग्ने बताए । सचेतना अभावमा विदेश जानेहरुले धेरै दुख पाउँनु परेको छ । विदेश जानु पूर्व केही जानकारी हाँसील गरेर मात्र विदेश जानु पर्ने प्रजिअ देवकोटाले बताए । बैदेशिक रोजगारीमा जाँदा उमेर र वितरण, संथागत पहल, आबश्यक प्रमाणहरु सुरक्षित राख्नु पर्ने, तालिम तथा सुरक्षा, पूर्व तयारीको अवलम्वन, क्षतिपूर्ति र बिदेशमा सम्पर्क र समन्वय लगाएत कुराको ज्ञान हाँसिल गरेर मात्र विदेश जानु पर्ने देवकोटको भनाइ राखेका थिए ।

सहायता कक्षमा टेलिभिजन पनि राखिएको छ । टेलिभिजन मार्फत बैदेशिक रोजगारी सम्वन्धी सचेतना मुलक भिडियो देखाइने छ भने, अध्ययनका लागि बुकलेट पेपर राखिएको छ । बैदेशिक रोजगारी जानेहरुले सहायता कक्षमा सामान्य जानकारी लिएपछि पासपोर्ट लिने व्यवस्था गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा, प्रहरी नायब उपरिक्षक मधुकमार थापा, राष्ट्रिय अनुसन्धान प्रमुख ओम खड्का, भेरी ४ का वडा अध्यक्ष खम्बजंग शाह, पूर्वाधार विकास कार्यालयका प्रमुख प्रबीण कार्की, खानेपानी उर्जा तथा सिचाइ विकास कार्यालयका प्रमुख ज्वालाराज शाही, पत्रकार मंहासंघका अध्यक्ष बालकुमार शर्मा लगाएको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्