News Portal

बाढी आएर बगाएपछि नेपाली सेनाद्धारा उद्धार

२८५ पटक

भेरी नगरपालिका–११ लामितरा स्थित भेरी नदीमा वाढी आउदा स्थानीय बाढीमा फसेका थिए । वाढीमा केहि लडेर गम्भीर घाइते भइ भेरी पारी खोचमा केहीले बचाउ–बचाउ भनेर कराई रहेका थिए । खोचमा फसेका घाईतेलाई उद्धारको लागि नेपाली सेना सहितको सुरक्षाकर्मीको टोली एकै छिनमा र्यापटिंग डुंगा लिएर घटना स्थल पुग्छन । सुरक्षाकर्मीको टोलीले तत्काल डुंगा र डोरीको सहायताले रोप रेस्क्यु अन्र्तगतको हाइलाइन रोप रेस्क्यु नदीमा बाढी आउदा खोचमा फसेका घाइतेलाई उद्धार गर्दछ । करिव २ सय मिटर भेरी पारी खोचमा घाइते अवस्थामा फसेका स्थानीयलाई उद्धार गरेर प्राथमिक उपचार गरिन्छ । लगत्तै घाइतेलाई एम्बुलेन्समा थप उपचारका लागि जिल्ला अस्पताल पु¥याइन्छ ।

लगतै लामितरा बगरमा रहेको बस्तीमा खरको छाना भएका दर्जन घरमा आगो दन्किन्छ । लामीतरामा आगलागि भएपछि केहीले बचाउ–बचाउ भन्दै कराइरहेका थिए । आगो थप अरु घरमा सल्किरहेको थियो । घटना स्थलमा स्थानीय बासिन्दाको भीड नै लागेको थियो । त्यतिबेला नेपाली सेनाको उद्धार टोली घटनास्थल आइपुग्यो । उद्धार टोलीले तत्काल आगो नियन्त्रणमा लियो । घाइतेको उद्धार गर्यो । सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले उद्धारमा सहयोग गरे । घाइतेलाई नेपाल रेडक्रसका स्वयमसेवकले प्राथमिक उपचार गरेर एम्बुलेन्समा अस्पताल पठाए ।

वास्तविक जस्ता लाग्ने यी दुवै दृश्य कृत्रिम थिए । नेपाली सेनाको विपद सामुदायिक चेननामुलक कार्यक्रम अन्र्तगत विपदको पूर्वतयारीका लागि लामीतरामा गरिएको कृत्रिम अभ्यास थियो । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी र स्वास्थ्यकर्मी उक्त कृत्रिम घटना अभ्यासमा प्रत्यक्ष सहभागी भएका थिए । नेपाली सेनाको श्री नं. ४ बाहिनी अड्डा अन्तरर्गत चन्दननाथ गणले फायर फाईरिङ्ग र हाइलाइन रोप रेस्क्युको सिमुलेशन ( कृत्रिम घटना अभ्यास ) गराएको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामेले बताए । विपद्का घटना जतिखेर पनि घट्न सक्ने भएकोले सधै सचेत हुनु पर्ने उनको भनाइ छ । ‘विपद्का घटनामा नेपाली सेनाले यसरी काम गर्छ भनेर समुदायलाई जानकारी दिन र चेतना जगाउन कृत्रिम घटना बनाइ उद्धारको अभ्यास गर्ने गरेका छौँ, उनले। भनेका थिए ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले विपद्का घटनामा खोज तथा उद्धारमा नेपाली सेना लगायत सवै सुरक्षा निकायको भुमिका निकै सह्रानिय रहेको बताउँदै विपद् प्रतिकार्यमा स्थानीय समुदाय पनि सचेत र पूर्वतयारी अवस्थामा रहनु पर्नेमा जोड दिएका थिए । उनले कृत्रिम घटना अभ्यासमा साँचिकै घटनामा खोज तथा उद्धार कार्य निकै जटिल र संवेदनशील विषय भएको भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्