News Portal

जाजरकोटमा २३ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप

२०८ पटक

जाजरकोट जिल्लामा २३ हजार २० जना बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्य भन्दा बढी बालबालिकालाई उक्त खोप लगाइएको हो ।

पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका सात वटा स्थानीय तहका ७७ वटा वडाका २ सय ५० विद्यालय तथा स्वास्थ्य संस्थामा खोप लगाइएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका खोप सुपरभाइजर शान्तबहादुर बुढाले बताए । उनका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप लगाएका छौं वुढाले भने । बारेकोटमा २ हजार ६ सय ३१, कुशेमा २ हजार ९ सय १०, जुनीचाँदेमा ३ हजार १ सय ४३, छेडागाडमा ५ हजार ९९, शिबालयमा १ हजार ४ सय ५६, भेरीमा ४ हजार ३ सय ११ जना र नलगाडमा ३ हजार ६ सय ५१ जना अर्थात १०२.०२ प्रतिशत बालवाकिाले मोडर्ना खोप लगाएका छन ।

जाजरकोटमा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ८६ हजार २ सय ४४ जना नागरिकलाई पहिलो र ६५ हजार ४ सय ७२ जनालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाएको बुढाले जानकारी दिएका छन । पहिलो चरणमा बारेकोटमा ८ हजार ८ सय ८९, कुशेमा ८ हजार ४८, जुनीचाँदेमा ९ हजार ९३, छेडागाडमा १७ हजार २ सय ८३, शिबालयमा ५ हजार ८ सय ८६, भेरीमा २१ हजार ५ सय २४ जना र नलगाडमा १५ हजार ७ सय १५ जना अर्थात ६५.२० प्रतिशत तथा दोस्रो चरणमा ४९.४३ प्रतिशतर्ले कोभिड–१९ विरुद्धको खोप लगाएको खोप सुपरभाइजर बुढाले जानकारी दिएका छन् ।

अहिले कोरोना विरुद्धको खोप अभियान जिल्लाका सात वटै पालिकामा निरन्तर रुपमा चलीरहेको छ । पछिल्लो समयमा कोरोना विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका स्थानीय पालिकाहरूको सक्रियता बढेर गएको बुढाको भनाई छ । अहिले विभिन्न खोप केन्द्रहरूमा कोरोना विरुद्धको खोप लिनेहरूको संख्यामा वृद्धि भएको छ । पछिल्लो पटक देखा परेको कोरोनाका नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण भेटिन थालेपछि जाजरकोटका सर्वसाधारणमा खोप लिनु पर्ने रहेछ भन्ने मान्यताको विकास हुन थालेको देखिन्छ । खोप नलिएका १८ वर्षमाथिका नागरिकलाई खोप लगाइने व्यवस्था गरिएको छ बुढाले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्