News Portal

जाजरकोटका सिडिओले घरमै पुगेर दिए नेपाली नागरिकताको प्रमाण–पत्र

२३६ पटक

जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले एक सेवाग्राहीको घरमै पुगेर नेपाली नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेका छन् । प्यारालाईसिस भएर हिड्डुल गर्न नसक्ने ७३ बर्षिय सेवाग्राहीको घरमै पुगेर प्रजिअ देवकोटाले सुक्रबार नेपाली नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेका थिए ।

शुक्रबार घरमै पुगेर प्रजिअ देवकोटाले नेपाली नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरिएकी सेवा ग्राही भेरी नगरपालिका–४ रानागाउँकी जसुदा नेपाली हुन् । ७३ बर्षिय नेपाली नेपाली नागरिकताको प्रमाण–पत्र नहुदा नेपाल सरकारबाट प्राप्त हुदै आएको सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित भएकी थिईन् ।

प्यारालाईसिस भएर हिडडुल गर्न नसक्ने अबस्थामा पुगेकी नेपालीलाई जिल्ला प्रशासन कार्यालयमा पुर्यार नेपाली नागरिकताको प्रमाण–पत्र दिलाउन सहयोग गर्ने मान्छेको अभावमा जसुदाले अहिलेसम्म नेपाली नागरिकताको प्रमाण–पत्र पाउन सकेकी थिईनन् । ७३ बर्षिय जसुदाले हालसम्म नेपाली नागरिकताको प्रमाण–पत्र पाउन नसकेको जानकारी प्राप्त भएपछि उनको घरमै पुगेर नेपाली नागरिताको प्रमाण–पत्र प्रदान गरिएको प्रजिअ देवकोटाले बताए ।

घरमै पुगेर आफुलाई नेपाली नागरिकताको प्रमाण–पत्र दिएकोमा खुशी व्यक्त गर्दै जसुदाले प्रमुख जिल्ला अधिकारीलाई हार्दिक धन्यवाद दिएकी थिईन् । ३० बर्षपछि भारतबाट छोरा घर फर्केको जानकारी दिदै जसुदाले नागरिकता बनाउन मलाई कार्यालयमा लैजाने मान्छे कोही थिएन, अहिलेसम्म दुख काटुनु पर्यो, आफुसंगैका अरुले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका थिए, अब मेरो पनि नागरिकता बन्यो, मैले पनि सामाजिक सुरक्षा भत्ता पाउने पक्का भयो, खुशी लागेको छ जसुदाले भनिन् ।

७३ बर्षको उमेर पुगिसक्दा पनि जसुदाले नेपाली नागरिकताको प्रमाण–पत्र नपाउनु भनेको दुखद पक्ष्य भएको प्रजिअ देवकोटले बताए । अपाङ्गता भएर नेपाली नागरिकताको प्रमाण–पत्र पाउनबाट कोही कतै बन्चित भएको छ भने, जानकारी दिनुहोला हामी त्यस्ता व्यक्तीलाई घरैमा गएर नागरिता दिन्छौं, प्रजिअ देवकोटाले भने । जसुदालाई नागरिता दिन प्रजिअ देवकोटा सहित सहायक प्रजिअ पदम लामिछाने र झलक केसी, भेरी–४ का वडा अध्यक्ष खम्वजंग शाह, –२ का वडा अध्यक्ष कालिबहादुर वली, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमख शिब कुमार क्षेत्री, नेपाल पत्रकार महाँसंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा लगाएतको टोली जसुदाको रानागाउँ स्थित घरमा पुगेको थियो ।

प्रतिकृया दिनुहोस्