News Portal

नलगाड कल्पतको पहिरोले दुई घर, ७ रोपनी जग्गामा क्षेति, गाईगोरु मेर, केही घाईते

नगरपालिका, नेपाल रेडक्रस र पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष पन्तद्धारा राहत सामाग्री वितरण

५१० पटक

नलगाड नगरपालिका–१ कल्पतमा आईतबार गएको पहिरोले दुई वटा घर र ७ रोपनी जग्गामा क्षेति पुर्याएको छ भने, ३ गोरु, १ गाई गरेर चार पशुचौपाय मरेका छन् । ६ वटा पशुचौपाय घाईते भएका छन् ।

आईतबार गएको पहिरोबाट पिडित घर परिवारलाई नलगाड नगरपालिका, नेपाल रेडक्रस सोसाईटी, जाजरकोट शाखाा र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट अध्यक्ष सहितको संयुक्त टोली सोमबार राहत सामाग्री वितरण तथा हस्तान्तरण गरेको छ । घटना स्थलमै पुगेर संयुत्त टोलीले पहिरो पिडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको थियो ।

गाउँदेखि माथिबाट आएको पहिरोले लाल बहादुर बुढाको २ कोठे एक तले र मान बहादुर पुनको ४ कोठे दुई तले घरमा क्षेति पुर्याएको नलगाड नगरपालिकामा कार्यरत कर्मचारी किरण थापाले जानकारी दिएका छन् । कर्मचारी थापाले दिएको जानकारी अनुसार पहिरोले पृर्थी बहादुर पुनको ३ वटा गोरु र १ वटा गाई मरेका छन् भने, २ वटा गोरु घाईते भएका छन् । पहिरोबाट भिउदल चनाराको भैसी, डिल्ली बहादुर चनाराको घोडा र चन्द्र बहादुर पुनको दुई वटा गोरु घाईते भएका छन् । घाईते पशुचौपायलाई नगरपालिको पशुपन्छी विकास शाखामा कार्यरत पशु प्राविधिकहरुले उपचार गरिरहेको नगरपालिकाले जानकारी दिएको छ । त्यसैगरी सोही पहिरोले मान बहादुर पुनको १ रोपनी, जीत बहादुर नेपालीको २ रोपनी, टेक बहादुर पुनको एक रोपनी, रत्न बहादुर पुनको १ रोपनी, तिलक बहादुर पुनको १ रोपनी, चन्द्रे पुनको १ रोपनी, डिल बहादुर पुनको १ रोपनी गरी जम्मा ७ रोपनी जग्गामा क्षेति पुर्याएको नगरपालिकामा कार्यरत कर्मचारी थापाले जानकारी दिएका छन् ।

कर्मचारी थापाले दिएको जानकारी अनुसार जनही २५ किलो चामल, १० किलो दाल, २ लिटर तेल, एक पोका नुन, १२.१८ को त्रिपाल, १ बल्याङकेट, १ डसना र एक जोडा चप्पल सहितको राहत सामाग्री लाल बहादुर वुढा, मान बहादुर पुन र पृर्थी बहादुर पुनलाई नगरपालिकाले हस्तान्तरण गरेको थियो । त्यसैगरी नेपाल रेडक्रस सोसाइटी, जाजरकोट शाखाले एक त्रिपाल, भाँडाकुडाको एक सेट, ५ जनालाई पुग्नेगरी काँचो कपडा, २ वटा कम्मल र १ बाल्टिन सहितको राहत सामाग्री लाल बहादुर बुढा र मान बहादुर पुनलाई हस्तान्तरण गरेको थियो । त्यसैगरी पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष छवी पन्तले व्यक्तिगत रुपमा जनही २५ किलो चामल, २ लिटर तेल, ८ किलो नुन, ८ वटा कापी र झोला सहितको राहत सामाग्री लाल बहादुर वुढा, मान बहादुर पुन, पृर्थी बहादुर पुन, भिउदल चनारा, डिल्ली बहादुर चनारा र चन्द्र बहादुर पुनलाई हस्तान्तरण गरिएको अध्यक्ष पन्तले जानकारी दिएका छन् ।

उक्त राहत सामाग्री हस्तान्तरण गर्न वडा नं. १ का वडाअध्यक्ष धर्मेन्द्र विक, २ का वडाअध्यक्ष पूर्ण बहादुर खत्री, नगरगाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ठगेन्द्र बहादुर गिरी, पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष छवी पन्त, नगरपालिकाको स्वास्थ्य शाखा, पशुपन्छी विकास शाखामा कार्यरत कर्मचारी र सुरक्षाकर्मीहरुको टोली सोमबार घटनास्थलमा पुगेको थियो ।

आईतबार दिउसो कल्पतमा गएको पहिरोबाट भएको क्षेतिप्रति दुख व्यक्त गर्दै नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावत, उपप्रमुख सरिता सिंह र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले तत्काल घटना स्थलको सत्यतथ्य विरण संकलन गर्नुको साथै घटनास्थलको अबस्था हेरी बन्दोबस्तीका सामाग्री सहितको राहत वितरण गर्न, घाईते पशुचौपायको तत्काल उपचार गर्न कार्यलय कर्मचारीलाई निर्देशन दिएका थिए । साथै नगरपालिकाका सबै वडाबासीहरुलाई बर्षादको समयमा आईपर्ने विपदप्रति सतर्क रहन सुजाएका थिए ।

 

प्रतिकृया दिनुहोस्