Hamro Sanchar

चट्याङ्ग लागेर जाजरकोटमा एक महिलाको मृत्यु

प्रकाशित : २०८१/५/२९ गते

जाजरकोट
चट्याङ्ग लागेर भेरी नगरपालिका–२ पोखराकी एक महिलाको मृत्यु भएको छ । चट्याङ्गले घाइते महिला उपचारका लागि जिल्ला अस्पतालमा पुर्याइ सकेपछि मृत्यु भएको हो ।

सनिबार बेलुका पौने ६ बजेतिर घर नजिकै परेको चट्याङ्गले भेरी नगरपालिका–२ पोखराका मोहनलाल कामीकी ५५ बर्षीय श्रीमति कौशिला कामी गम्भीर घाइते भएकी थिइन् । चट्याङ्ग लागेर कौशिला घाइते भएको खबर पाएपछि पाँचकाटिया प्रहरी चौकीमा कार्यरत प्रहरी बरिष्ठ हलदार गेद बहादुर चन्दको कमाण्डमा ४ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

कामीको घर छेउमा बाँधेको एक भेडा चट्याङ्ग लागेर मरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चट्याङ्ग लागेर गम्भीर घाइते कौशिलालाइ जिल्ला अस्पताल, जाजरकोटमा बेलुका ८ बजे पु¥याइएको थियो । जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले कौशिलाको चेकजाँच गर्दा बेलुका ८ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्