आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

२४ घण्टामा जाजरकोटमा ५ जनालाई कोरोना पुष्टि

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/३० गते
जाजरकोट

जाजरकोट जिल्लामा २४ घण्टाको समयमा ५ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट ४ जनालाई कोरोना पुष्टि भएको हो भने, १ जनालाई पिसीआर विधिबाट गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो ।

२४ घण्टाको समयमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या शुन्य भएतापनि एक हजार २३२ जनाले कोरोना जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । पिसीआर र एन्टीजेन बिधिबाट हालसम्म १० हजार ७८ जनालाई गरिएको परीक्षणबाट १ हजार ५२३ जनालाई कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले आईतबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणले देखाएको छ । ११ चैत २०७६ देखि ३० जेठ २०७८ सम्मको प्रकाशित दैनिक प्रतिवेदन विवरणमा हालसम्म थप उपचारका लागि जिल्ला भन्दा बाहिर १४ जनालाई रिफर गरिएको देखाईएको छ । ५ जना संक्रमितहरुको जिल्लामै मृत्यु भएको उल्लेख गरिएको दैनिक प्रतिवेदन विवरणमा जिल्लामा २८२ जना सक्रिय संक्रमितहरुले आईतबार होम तथा अस्पतालको आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

प्रतिकृया दिनुहोस्