News Portal

अपाङ्गता बालबालिकाहरुको शिक्षा सुनिश्चितता गर्न जाजरकोटमा अन्तरक्रिया सम्पन्न

६८७ पटक

अपाङ्गगता भएका बालबालिकाहरुको शिक्षा सुनिश्चितता गर्न जाजरकोटमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्ग उत्थान केन्द्र, जाजरकोटको आयोजनामा आईतबार जिल्ला सदरमुकाम खलंगामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोट, पाँच तारा युवा संरक्षण मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा अपाङ्ग उत्थान केन्द्र, जाजरकोटले अपाङ्गगता भएका बालबालिकाहरुको शिक्षा सुनिश्चितताका लागि सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा कुशे गाउँपालिका, छेडागाड र भेरी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाबाट पालिकामा समग्र बालबालिकाको अबस्थाका बिषयमा जानकारी दिने काम भएको थियो । अपाङ्गता भएका बालबालिकाहरुको शैक्षिक अबस्थाका बिषयमा तीन वटै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी गराएका थिए ।

अपाङ्गताका प्रकारहरु अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा, स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न गरिएका कानुनी व्यवस्थाका बिषयमा सेभ द चिल्ड्रेनका आत्मराम भट्टराईले चर्चा गरेका थिए । कार्यक्रममा जिल्लामा अपाङ्गता भएका बालबालिकाहरुको अबस्थाका बिषयमा शिक्षा विकास समन्वय इकाई प्रमुख, श्रोत विद्यालयका प्रअ र शिक्षकले जानकारी गराएका थिए । उक्त अन्तरक्रिया कार्यक्रमको अन्तमा सहभागीहरुले ८ बुँदे प्रतिबद्धता व्यक्त गरेका थिए ।

लेखित रुपमा व्यक्त गरिएको ८ बुँदे प्रतिवद्धताको पूर्ण पाठ यस प्रकार रहेको छः–
अपाङ्गता भएका बालबालिकाहरुको बिस्तृत तथ्याङ्क संकलन नभएका जिल्लाका पालिकाहरुमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०६४ ले परिभाषित गरे बमोजिम बिस्तृत तथ्याङ्क संकलन गर्ने, प्रोफाईल तयार भएका पालिकाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क अपडेट गर्ने । जिल्लामा रहेका सबै श्रोत विद्यालयहरुलाई प्रभावकारी रुपमा संचालनमा ल्याउनका लागि सम्बन्धित स्थानीय तहको अगुवाईमा आबश्यक परामर्श गरी संचालनमा ल्याउने, संचालनमा रहेका श्रोत विद्यालयलाई प्रभावकारी बनाउन सरोकारवाला निकायले सहयोग गर्ने ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि कार्यविधि निर्माण गर्ने तथा प्रभावकारी रुपमा कार्यन्वयन गर्न छलफल तथा पहल गर्ने । अपाङ्गता भएका बालबालिकाहरुको स्वास्थ्य पहिचान शिवीर तथा अपाङ्गता परिचय पत्र वितरण गर्ने । अपाङ्गता भएका व्यक्तिको पहुँच बिस्तार गर्न तथा सेल प्रभावकारी बनाउन जिल्लाका सवै गाउँ तथा नगरपालिकामा संरक्षण अधिकृत (बाल कल्याण अधिकारी) तोक्ने तथा नियुक्ति गर्ने । विद्यालय बाहिर रहेका बहुँअपाङ्गता बालबालिकाहरुको शिक्षा सुनिश्चिता तथा पहुँच बृद्धि गर्न “घरमा विद्यालय कार्यक्रम” गाउँ तथा नगरपालिकाले संचालन गर्न सरोकारवाला संघ÷संस्थाले सहयोग गर्ने ।

अपाङ्गता भएका बालबालिकाहरुको अबस्था पहिचान, प्रगति समिक्षा तथा कार्ययोजना निर्माणको लागि अर्ध बार्षिक रुपमा छलफल गर्ने, यसको नेतृत्व शिक्षा विकास तथा समन्वय ईकाईले गर्ने । श्रोत विद्यालय संचालन भएका तथा हुने स्थानमा पहुँच युक्तता भौतिक संरचना निर्माण गर्ने, त्यसका लागि गाउँ, नगरपालिकाले आबश्यक बजेट बिनियोजन गर्ने, सरोकारवाला संघ÷संस्थाले सहयोग गर्ने ।

प्रतिकृया दिनुहोस्