News Portal

प्रेस चौतारी नेपाल, जाजरकोट अध्यक्षमाः घर्ती निर्विरोध निर्वाचित

२१ सदस्य जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित

७३५ पटक

प्रेस चौतारी नेपाल, जाजरकोटको अध्यक्षमा बिनोद कुमार घर्ती निर्विरोध निर्वाचित भएका छन् । आईतबार सम्पन्न पाँचौ जिल्ला अबिधेशनबाट बिनोद कुमार घर्ती अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला सदरमुकाम खलंगमा रहेको रम्बा होटेलको सभा हलमा सम्पन्न प्रेस चौतारी नेपाल, जाजरकोटको पाँचौ जिल्ला अबिधेशनले घर्तीको अध्यक्षतामा २१ सदस्य जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हरि बहादुर सिंहले जानकारी दिए । केन्द्रिय सदस्य सिंहले दिएको जानकारी अनुसार पाँचौं जिल्ला अबिधेशनले प्रेस चौतारी नेपाल, जाजरकोटको खुल्ला उपाध्यक्षमा काली बहादुर वुढा, महिला उपाध्यक्षमा सम्झना थापालाई निर्विरोध निर्वाचित गरेको छ । अबिधेशनले सचिवमा रेशम बहादुर खड्कालाई निर्विरोध निर्वाचित गरेको छ भने, कोषाध्यक्षमा जनक चन्द (ऋतु) लाई निर्विरोध निर्वाचित गरेको छ । खुल्ला सह–सचिवमा हिम बहादुर वुढालाई निर्विरोध निर्वाचित गरेको जिल्ला अबिधेशनले समावेशी सह–सचिवमा प्रतीक परियारलाई निर्विरोध निर्वाचित गरेको छ ।

पाँचौ जिल्ला अबिधेशनले आशिराम रेग्मी, पदम बहादुर नेपाली, रमेश अधिकारी, राजुराजा सिंह, तिलक शाही, राजेन्द्र बिवश पुन, अमृता शर्मा, टबिन कार्की, अनिशा आचार्य, गणेश आचार्य, बिष्णु विक, संगिता सुनार, प्रेम प्रकाश चलाउने र बिनोद सिंहलाई सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

आईतबार सम्पन्न प्रेस चौतारी नेपाल, जाजरकोटको पाँचौ जिल्ला अबिधेशन सफलताको शुभ–कामना मन्तव्य नेकपा (एमाले) का पोलिट व्युरो सदस्य भैरव सुन्दर श्रेष्ठ, केन्द्रिय सदस्य निरज आचार्य, डम्मर बहादुर सिंह, चन्द्र प्रकाश घर्ती, नेकपा एमाले कर्णाली प्रदेश उपाध्यक्ष लाल बहादुर महतारा, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष वीर बहादुर गिरी, केन्द्रिय सदस्य नारद शर्मा, हरि बहादुर सिंह, उद्योग बाणिज्य संघ, जाजरकोट अध्यक्ष कर्णबहादुर खत्री, नेपाल पत्रकार महासंघ, जाजरकोट अध्यक्ष बालकुमार शर्मा र पत्रकार दीप बहादुर घर्तीले दिएका थिए ।

प्रतिकृया दिनुहोस्