News Portal

भुकम्पको उच्च जोखिममा जाजरकोट

७४८ पटक

जाजरकोट जिल्ला भुकम्पको उच्च जोखिममा रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । २४ औँ भुकम्प दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय जाजरकोटले आयोजना गरेको कार्यक्रममा रहभागिले यस्तो कुरा बताएका हुन ।

पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रवीण कार्कीले पहाडि जाजरकोट जिल्लामा निर्माण भइरहेका अधिकाँश संरचना भुकम्प मापदण्ड विपरित रहेकाले यस क्षेत्रका संरचना भुकम्पको जोखिममा रहेको बताए । पुर्व सूचना दिएर ‘भुकम्प’ नआउने भएकाले अहिले देखी नै नयाँ बन्ने संरचना बलियो बनाउनु पर्नेमा कार्कीले भनाइ राखेका थिए । उनले सन् १३११ देखि १९९० सालमा महाँभुकम्प गएको बताउदै ६० देखि १०० बर्षको बिचमा भुकम्प आउने गरेको छ, कार्कीले भने । २०५५ साल देखि नेपालमा भुकम्प दिवस मनाउने गरेको भन्दै यसलाई अँझ सबैमाझ लैजानु आबश्यक रहेको उनको भनाइ थियो । पश्चिम नेपालमा ठुलो भुकम्प नआएको जानकारी दिदै, आएमा ठुलो क्षेति गर्ने समेत बताए ।

भूकम्पीय सचेतना सुरक्षित संरचना निर्माणमा सबैले जोड दिनु पर्ने प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाले भनाई राखेका थिए । जाजरकोट जिल्ला पहाडि क्षेत्र भएकाले भुकम्प जुनसुकै बेला आउन सक्ने भएकाले सबैले सावधानी अपनाउन आग्रह प्रजिअ देवकोटाले जोड दिए । ‘हामीले भुकम्पलाई रोक्न सक्दैनौं’ प्रमुख जिल्ला अधिकारी देवकोटाले भने, ‘भुकम्पबाट सुरक्षित रहन पुर्वाधार निर्माणमा ध्यानदिनु पर्छ ।’ ‘भौतिक संरचना र पुर्वाधार निर्माण गर्दा हामीले ध्यान दिदाँ हाम्रा सन्ततीले भुकम्पबाट क्षति व्येहोर्न नपर्ने देवकोटाले बताए ।

जाजरकोट जिल्लामा भवन निर्माण गर्दा भवन निर्माण आचार सहिंतालाई पालना गरी भवन निर्माण गर्नु पर्ने खानेपानी उर्जा तथा सिचाइ विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले भनाई राखेका थिए । भुकम्पबाट सुरक्षित रहन भुकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्न जाजरकोट प्रहरी प्रमुख मधुकमार थापाले सुझाव दिएका थिए । भुकम्पले मार्दैन तर हामीले निर्माण गरेको भौतिक संरचनाले ज्यान लिने गरेको थापाले चर्चा गरेका थिए । कार्यक्रममा भेरी नगरपालिका–४ का वडा अध्यक्ष खम्बजंग शाहले सदरमुकाम क्षेत्रमा कम्जोर संरचना निर्माण भइ रहेको बताउदै यसले गर्दा भूकम्पीय जोखिम बढ्ने खतरा रहेको बताएका थिए । सदरमुकाममा जति पनि बनेका भौतिक संरचना छन ती सबै जोखिम बढाउने रहेको अध्यक्ष शाहले बताए । भौतिक संरचना निर्मण गर्दा भवन निर्माण आचारसंहिता २०७२ लाई पालना गरी भवन निर्माण गर्न सहभागिले आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्