News Portal

हावाहुरीले जाजरकोट जिल्ला अदालतमा बीस लाख भन्दा बढिको क्षेती

७८६ पटक

शुक्रबार राती आएको हावाहुरीले जिल्ला अदालतको ६ कोठे भवनको छाना उढाएको छ । घरको छाना उढाउनेगरी आएको हावाहुरीले जिल्ला अदालतको भवनको वाल भत्काउनुको साथै कुर्सी टेवुल र नेटईन्टर नेटको तारामा क्षेती पुर्याएको छ ।

राती १० बजेतिर आएको हावाहुरीले जिल्ला अदालतको बीस लाख भन्दा बढिको क्षेती पुर्याएको निमित्त सेस्तेदार सुशिल आचार्यले जानकारी दिएका छन् । निमित्त सेस्तेदार आचार्यले दिएको जानकारी अनुसार रातीको समयमा आएको हावाहुरीले जिल्ला अदालतको लेखा तथा मेलमिलाप शाखा, श्रेस्तेदार तथा तहसिलदारको निवास एवं सुरक्षाकर्मीहरुको आबास रहेको भवनको छाना उढाउनुको साथै पर्खाल भत्काएको छ ।

उक्त भवनको छाना र पर्खाल गरी झण्डै १५ लाख बराबरको क्षेती भएको अनुमान गरिएको छ । त्यसैगरी उक्त भवनमा रहेको लेखा र मेलमिलाप शाखाका कुर्सी, टेवुल र आलमारी टुटपुट तथा भाँचकुच भएर ५ लाख बराबरको क्षेती भएको अनुमान गरिएको छ भने, ५ हजार बराबरको नेट, ईन्टरनेट, टेलिफोन र विजुलीको तारमा क्षेती पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीले अदालतको २० लाख ५ हजार बराबरको क्षेती पुर्याएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटको भनाई रहेको छ ।

जाजरकोट जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको जिल्ला अदालतको उक्त भवनमा भएको क्षेतीले स्थानीय तहको निर्वाचन–२०७९ को कार्यसम्पादनमा असहजता पैदा गरेको जिल्ला न्याधीश यज्ञराज आचार्यको भनाई रहेको छ । हावाले उढाएको उक्त भवनको छाना जस्ता पाताको रहेको थियो ।

प्रतिकृया दिनुहोस्