News Portal

जाजरकोटमा सहयात्रा परियोजनामा कार्यरत एक कर्मचारीको मृत्यु

मृत्युको कारण भने पत्ता लाग्न सकेको छैन

८५६ पटक

सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान, जाजरकोटद्धारा संचालित सहयात्रा परियोजनामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनुको कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । राति सुतेको अबस्थामा उनको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा कुशे गाउँपालिकामा संचालित सहयात्रा परियोजनाको शिक्षा क्षेत्रमा कार्यरत सुनर हरिजंग रहेका छन् । उनको मृत्यु कसरी भएको हो भन्ने विषयमा अहिलेसम्म कुनै पत्ता लागेको छैन । बिहिबार बेलुका सुतेका सुनर हरिजंग शुक्रबार विहान मृत अबस्थामा फेला परेका छन् । कार्यक्षेत्रबाट बेलुका कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र भार्मामा पुगेका सुनर हरिजंग बेलुका खानेखाएर कोठामा सुतेका थिए । राती उनको मृत्यु कसरी भयो भन्ने बिषयमा अहिलेसम्म कुनै पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले जानकारी दिएका छन् । हट्अट्याक भएर मृत्यु भएको हुनसक्ने सामान्य अनुमान गरिएको भएतापनि पोष्टमार्टम रिर्पोट नआउदासम्म उनको मृत्युको कारणका बिषयमा अहिले केही पनि भन्न नसकिने प्रजिअ शाहीको भनाई रहेको छ । सुनर हरिजंगको मृत्युका बिषयमा अनुसन्धान गर्नुको साथै घटनास्थलको मुजुल्का तयार गर्न जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली घटनास्थलमा पुगिसकेको बताईएको छ ।

रुपन्देही जिल्लाका स्थायी बासिन्दा सुनर हरिजंग चार महिना पहिला मात्र सहयात्रा परियोजनाको शिक्षा क्षेत्रको नियुक्ति लिएर काम सुरु गरेका थिए । सुनर हरिजंगको अकल्पनिय तरिकाले मृत्यु भएपछि घरबाट उनको श्रीमति र छोरा जाजरकोटतर्फ आउदै गरेको पहाडी क्षेत्र विकास अभियान जाजरकोटले जनाएको छ । सुगरका विरामि सुनर हरिजंगले यो भन्दा पहिलादेखिनै नियमित रुपमा औषधि सेवन गर्दै आएको बुभिएको छ ।

प्रतिकृया दिनुहोस्