News Portal

जाजरकोटका चार कर्मचारी संगठनले बुझाए प्रधानमन्त्री देउवालाई ज्ञापन–पत्र

५१८ पटक

जिल्लामा क्रियाशिल चार निजामती कर्मचारी संगठनले प्रधानमन्त्री शेर बहादुर देउवालाई संयुक्त ज्ञापन–पत्र बुझाएका छन् । पेशागत संगठनका प्रमुखहरु रहेको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सोमबार प्रधानमन्त्री देउवालाई संयुक्त ज्ञापन–पत्र बुझाएको हो ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) र एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका जिल्ला अध्यक्षहरु रहेको टोलीले प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही मार्फत प्रधानमन्त्री देउवालाई संयुक्त ज्ञापन–पत्र बुझाएको नेपाल निजामती कर्मचारी संगठन, जाजरकोट अध्यक्ष यज्ञ अधिकारीले जानकारी दिएका छन् । अध्यक्ष अधिकारीले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवालाई बुझाईएको संयुक्त ज्ञापन–पत्रमा मुलुक संघीयतामा गए पश्चात देशमा तीन तहको सरकार संचालनमा आएको उल्लेख गरिएको छ । देशमा संघीयता कार्यान्वयन भईसक्दा पनि संघीय निजामती सेवा ऐन जारी नहँुदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडाँैलाई बुझाईएको संयुक्त ज्ञापन–पत्रमा नेपाल सरकारलाई संघीय निजामती सेवा ऐन जारी गर्न माग गरिएको छ । संघीय संसदको चालू अधिवेशनबाटै संघीय निजामती सेवा ऐन जारी गर्न अनुरोध गरिएको छ । निजामती प्रशासनलाई संघीय शासन अनुरुपको ढाँचामा व्यवस्थित गरी जनताको सेवा प्रवाहलाई चुस्त दुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिक मैत्री बनाउने कार्यमा सहयोग पु¥याउन तत्काल संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राखिएको छ । सरोकारवाला पक्षहरुको सहमतिमा नेपाल सरकारले राष्ट्रिय स्तरका टे«ड युनियनबाट विभिन्न मितिमा पेश भएका र यसै ज्ञापन–पत्रको साथमा संलग्न सुझावहरुलाई समेटी नेपाल सरकारले यथाशीघ्र संघीय निजामती सेवा ऐन जारीे गर्नुपर्ने ज्ञापन–पत्रमा भनिएको छ–‘चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी नभएमा संघर्षका थप कार्यक्रमहरुलाई अघि बढाइने व्यहोरा समेत जानकारी गराउँदछौँ ।’

निजामती कर्मचारी संगठनहरुले बुझाएको संयुक्त ज्ञापन–पत्रलाई वुझ्दै प्रजिअ शाहीले उक्त संयुक्त ज्ञापन–पत्रलाई यथासक्य सम्बन्धित निकायमा पठाउने प्रतिवद्धता व्यक्त गरेका थिए । निजामती कर्मचारीहरुले आफ्नो पेशालाई जिम्मेवार र अनुशासित बनाउन राखिएका जायज मागहरुको सम्बोधन गराउन नेपाल सरकारसंग आफुले पहल गर्ने बताउदै प्रजिअ शाहीले जिल्लाका सम्पूर्ण कर्मचारीहरुलाई आफ्नो पेशाप्रति जिम्मेवार बन्न आग्रह गरेका थिए । सेवाग्राहीलाई सहज तथा सरल तरिकाले छिटो सेवा प्रवाह गर्न कर्मचारीहरुलाई प्रजिअ शाहीले निर्देशन गरेका थिए ।

राष्ट्रिय स्तरको कार्यक्रम अनुसार आज निजामती कर्मचारी संगठनहरुले देशका ७७ वटै जिल्लाबाट प्रधानमन्त्री देउवालाई ज्ञापन–पत्र बुझाएका हुन् ।

 

निजामती कर्मचारी संगठनहरुले प्रधानमन्त्रीलाई बुझाएको संयुक्त ज्ञापन–पत्रको पुर्णपाठ 2079-3-27

प्रतिकृया दिनुहोस्