News Portal

भुरचौर लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्न

५३६ पटक

भुरचौर लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ । बहुँ बर्षिय लिप्ट खानेपानी योजनाको निर्माण कार्य दुई बर्षमा सम्पन्न भएको हो । खानेपानी योजनाको निर्माण कार्य उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको हो ।

आर्थिक बर्ष २०७७÷०७८ बाट सुरु गरिएको भुरचौर लिप्ट खानेपानी योजना आब २०७८÷०७९ मा निर्माण कार्य सम्पन्न भएको खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय जाजरकोटका ईन्जिनियर सर्जुन बुढा क्षेत्रीले जानकारी दिएका छन् । एक करोड ५ लाख लागतमा निर्माण कार्य सम्पन्न भएको भुरचौर लिप्ट खानेपानी योजना भेरी नदीबाट १८० मिटरको उचाईमा पानी चढाईएको छ ईन्जिनियर बुढा क्षेत्रीले भने–‘१५ हर्सपावरको पम्प प्रयोग गरेर भेरी नदीबाट ४४० मिटर टाँढा, १३० घरमिटरको आरसिसी रिजर्भ टंकी निर्माण गरेर लाईन विस्तार गरिएको छ ।’ उपभोक्ताद्धारा २२ प्रतिशत जनश्रमदान गरिएको खानेपानी योजनाको लागि ५० केभीको टासफर्म जडान गरिएको छ । एक घर धाराको अबधारणनुसार उक्त खानेपानी योजनाबाट १३० घरधुरीमा रिडिङ्ग मेसिन जडान गर्नुको साथै धारा निर्माणका सम्पूर्ण सामानहरु उपभोक्तलाई वितरण गरिएको छ । उक्त खानेपानी योजनाबाट १३६ घरधुरीका झण्डै ८१६ जना नागरिक लाभाम्बित भएको ईीन्जनियर बुढाक्षेत्रीले बताएका छन् ।

उक्त योजनाको निर्माण कार्य सम्पन्न पश्चात भेरी नदीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट भुरचौर बासीले मुक्ती पाएका छन् । लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएपछि नदीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट त्यहाँका नागरिकले मुक्ती पाएका हुन् ।

भेरी नगरपालिका–१० भुरचौरमा मानव बस्ती कति सालमा बसेको हो भन्ने कुरा त्यहाँको बुढापाका कसैलाई पनि जानकारी छैन् । १३६ घरधुरी रहेको भुरचौरका बासिन्दाहरुले बाह्रै महिना भेरी नदीको पानी गाग्रीमा बोकेर खाने गर्दथ्ये । भुरचौरबासीले तीन सय मिटर भन्दा टाढा, उकालो र भीरालो दुरी पारगरेर भेरी नदीको पानी गाग्रीमा बोक्दै आएका थिए । लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्नपछि भुरचौरबासी खुशी भएका छन् ।

लिप्ट खानेपानी योजनाको १५ हर्षपावरको पम्प केन्द्रिय प्रसारण लाईनको विद्युतबाट चलाउने गरिएको छ । केन्द्रिय प्रसारण लाईन कहिले काँही लोसेडिङ्ग हुदा वा प्रसारण लाईन अबरुद्ध हुदा पम्प चलाएर नदीको पानी तान्न सकिने अबस्था भने छैन । १३० घनमिटरको रिजर्भ टंकीमा जम्मा भएको पानीले भुरचौर बासीलाई ६ दिनसम्म पुग्ने बताउदै इन्जिनियर वुढाक्षेत्रीले एक दुई दिन विद्युत अबरुद्ध हुदैमा केही फरक नपर्ने बताए ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय मार्फत उक्त आयोजनाको निर्माण कार्य सम्पन्न गरिएको कार्यालय प्रमुख ज्वालाराज शाहीले जानकारी दिएका छन् । भुरचौरमा लिप्ट खानेपानी योजना निर्माणको सफल कार्यले लिप्ट सिंचाई योजना निर्माण गर्न आत्मा बिश्वास पैदा गरेको प्रमुख शाहीको भनाई रहेको छ ।

विद्युतबाट चल्ने पम्पिङ्ग सेटबाट पानी नदीबाट भुरचौरमा चढाउन सफल भएका छौं उपभोक्ता समितिका अध्यक्ष बीर बहादुर शाहीले भने–‘६५ एमएमको जिआई पाईपमा ४०० मिटर लम्बाई दुरीमा प्रति सेकेण्ड ५ लिटर क्षमताको पानी पुर्याउन सफल भएका छौं ।’ बाह्रै महिना गाग्रीमा बोकेर नदीको पानी खानाले मानव स्वास्थ्यमा लाग्ने झाडापखाला, रुघाखोकी लगाएतका रोगबाट बच्नुको साथै भुरचौरबासीले पानी बोक्नका लागि खर्च गर्नेे समयलाई उत्पादनशिल अन्य काममा लगाउन सकिने अध्यक्ष शाहीले भनाई राखेका थिए ।

पानी भर्न भेरी नदीमा पुगेका कयौंले ज्यान गुमाउनु परेको बताउदै स्थानीय कर्णबहादुर शाहीले लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्न हुनुले भुरचौर बासीले मृत्युबाट जोगिने बताएका थिए । तीन बर्ष पहिला भुरचौरका थेपो कामीका ८ बर्षिय छोरा पानी भर्न नदी पुगेका नरबहादुर नेपालीलाई भेरीले बगाएको शाहीले बताए । ४ बर्ष पहिला पानी भर्न नदीमा जादा १५ बर्षका कृष्ण खत्रीलाई भेरीले बगाएको थियो शाहीले भने, ६–७ बर्ष पहिले १२ बर्षका कर्ण बहादुर विकलाई नदीले बगाएको थियो ।

जिल्लाकै उत्पादनशिल जमिन रहेको भुरचौरमा खानेपानी र सिचाईको अभावले सही प्रयोगमा आउन नसकेमा कार्यालय प्रमुख शाहीले बताए । पञ्चायतकाल देखि सुरु गरिएको भुरचौर सिंचाई आयोजनाले हालसम्म पूर्णता पाउन नसकेको बताउदै प्रमुख शाहीले हाल खानेपानी समस्या समाधान भएको छ । अब लिप्ट सिंचाई योजना निर्माणका लागि कार्यालयका तर्फबाट पहल गरिने प्रमुख शाहीले बताए ।

निर्माण कार्य सम्पन्न पश्चात उक्त आयोजनाको स्थलगत अनुगमन गर्न जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खडक विसी, चित्र प्रसाद शर्मा, जिल्ला समन्वय अधिकारी कृष्ण प्रसाद जैसी लगाएत कार्यालयको टोली सुक्रबार भुरचौरमा पुगेको थियो । योजना अनुगमनका क्रममा आयोजनालाई दीगोपन दिनुको साथै मर्मसम्मार गर्न जिल्ला समन्वय समितिका सदस्य र अधिकारीले सुझाव राखेका थिए ।

प्रतिकृया दिनुहोस्