News Portal

प्रभातफेरी गरेर जाजरकोटमा मनाईयो राष्ट्रिय सुचना दिवस

२८५ पटक

जाजरकोटमा प्रभातफेरी गरेर राष्ट्रिय सुचना दिवस मनाईएको छ । शुक्रबार विहान जिल्ला सदरमुकाम खलंगामा प्रभातफेरी गरेर राष्ट्रिय सुचना दिवस–२०७९ मनाईएको थियो ।

विहान ८ बजे खलंगाको ठाँटी बजारदेखि निकालिएको प्रभातफेरी गैरीखाली पुगेर राष्ट्रिय सुचना दिवसको कार्यक्रमलाई टुङ्ग्याईएको थियो । प्रतिकुल मौषमका कारण राष्ट्रिय सुचना दिवस मनाउनका लागि पूर्वनिर्धारित कार्यक्रमलाई स्थगन गर्नुपरेको सुचनाको हकका लागि राष्ट्रिय महासंघका प्रतिनीधि गणेश बाँनियाले जानकारी दिए । राष्ट्रिय सुचना दिवस–२०७९ मनाउन सुचनाको हकका लागि राष्ट्रिय महासंघ, कर्णाली प्रदेश जाजरकोट शाखाले ठाँटीदेखि गैरीखालीसम्म प्रभात फेरी गर्ने, गैरीखालीमा औपचारिक कार्यक्रमको आयोजना गरेर सुचनाको हक सम्बन्धि नेपालको संविधान र काननले गरेको व्यवस्थाकाबारेमा बक्ताहरुले धारण राख्ने कार्यक्रम तय गरिएको थियो बाँनियाले भने–‘प्रतिकुल मौषमका कारण औपचारिक कार्यक्रमलाई स्थगित गर्नु पर्यो, आज दिनभरी हामीले ठाँटीमा सहायता कक्ष स्थापना गरेर सुचनाको हकलाई प्रयोग गर्दा आबश्यक पर्ने निवेदनको ढाँचाकाबारेमा हामीले दिनभर सर्वसाधारणहरुलाई जानकारी दिने कार्यक्रम तय गरेका छौं ।’

राष्ट्रिय सुचना दिवस–२०७९ मनाउन जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघसंगको सहकार्यमा सुचनाको हकका लागि राष्ट्रिय महासंघ, कर्णाली प्रदेश जाजरकोटले कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार, नागरिक समाज, कार्यालय प्रमुख, जनप्रतिनीधि लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्