News Portal

सरकारी वकिल कार्यालय भवन निर्माण कार्यमा स्थानीयको अबरोध

५७८ पटक

जाजरकोट जिल्लाको सरकारी वकिल कार्यालय भवन निर्माण कार्यमा स्थानीयले अबरोध गरेका छन् । भवनको निर्माण कार्यबाट टोलबासीले प्रयोग गर्दै आएको बाटो भत्किएको भन्दै स्थानीयले काममा अबरोध गरेका हुन् ।

कार्यालय भवन निर्माण कार्य सुरु गर्दा स्थानीय तथा टोलबासीसंग सरकारी वकिल कार्यालयले कुनै समन्वय नगरेको टोलबासीले गुनासो गरेका छन् । हालसम्म प्रयोग गर्दै आएको बाटो भवन निर्माण कार्यबाट भत्किएर टोलबासीलाई आवागमन गर्न असर परेको माथिल्लो थाप्ले टोलबासीको भनाई रहेको छ । माथिल्लो थाप्लेदेखि ठाँटी बजार जाने बाटोमा सरकारी वकिल कार्यालयले कार्यालय भवन निर्माण कार्य सुरु गर्दा परापुर्व कालदेखि टोलबासीले प्रयोग गर्दै आएको बाटो भत्किएर सार्वजनिक आवागमनमा अबरोध भएको टोल विकास समितिका अध्यक्ष शंकर जंग शाहले बताए । सम्बन्धित निकायले टोलबासीहरुले प्रयोग गर्दै आएको बाटो निर्माण गरिदिएपछि हामीले भवन निर्माणको कामलाई कुनै अबरोध गर्ने छैनौं अध्यक्ष शाहले भने–‘टोलबासीको एक सामुहिक भेलाको निर्णयबाट परापुर्व कालदेखि प्रयोग गर्दै आएको बाटो भत्किएको र उक्त बाटो निर्माण गरिदिन हामीले सम्बन्धित सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन कार्यालय र भेरी नगरपालिकाको कार्यालयलाई ध्यानकर्षण गराएका छौं, आशा गरौं सम्बन्धित निकायले हामीले प्रयोग गर्दै आएको बाटो छिट्टै निर्माण गरीदिन्छ होला, बाटो बने पश्चात हामी कार्यालय भवनको निर्माण कार्यामा कुनै अबरोध गर्ने छैनौं ।’

प्रतिकृया दिनुहोस्