Hamro Sanchar

अभियानले नेतालाई गतिशिल बनाएको छः–ईन्चार्ज शर्मा

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/६/२७ गते
जाजरकोट

१५१ जनाले पार्टी प्रवेश
पार्टी सदस्यता ७८४ नविकरण, १०९ वितरण
४४२५ घरधुरीका २१४९९ जनासंग अन्तरक्रिया तथा सुझाव संकलन
जनश्रमदानद्धारा २२ वटा योजना निर्माण, मर्मत तथा सरसफाई

नेकपा (माओवादी केन्द्र) ले देशव्यापी रुपमा संचालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानले नेताहरुलाई गतिशिल बनाएको नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जाजरकोट ईन्चार्ज वशन्त कुमार शर्मा (कुशल) ले बताएका छन् । जिल्ला सदरमुकाम खलंगा स्थित पार्टी कार्यालयमा सुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा ईन्चार्ज शर्माले यस्तो बताएका हुन् ।

जिल्लामा क्रियाशिल पत्रकारसंग कुरा गर्दै ईन्चार्ज शर्माले गत भदौं १६ गतेदेशि देशव्यापी रुपमा संचालन गरिएको अभियानले पार्टीलाई क्रियाशिल, नेतालाई गतिशिल र कार्यकर्तालाई प्रतिवद्ध बनाउन महत्वपूर्ण भुमिका खेलेको बताए । विगत जनयुद्ध कालकै जनशैलीमा जनतासंगको सम्बन्धलाई विस्तार गर्न अभियानले नेता, कार्यकर्ताहरुलाई प्रेरित गरेको ईन्चार्ज शर्माले भनाई राखेका थिए ।

जनता र कार्यकर्तामा सकारात्मक सोचको विकास गर्दै आम पंक्तिमा उत्साह जगाएको अभियानलाई सदासर्वदा निरन्तरता दिनुपर्ने माग आएको ईन्चार्ज शर्माले बताए ।

एक महिनामा अभियानले हासिल गरेका उपलब्धीहरुको जानकारी गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा ईन्चार्ज शर्माले जिल्लाका ७७ वटै वडाहरुमा भेला, वैठक, विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, बाटोघाटो र बजार सरसफाई, मर्मत तथा जनसेवाका काम, शहिद परिवारलाई अभिनन्दन लगायतका जनसभाहरु गरी उत्साहपूर्ण रुपमा अभियानको उद्घाटन गरिएको बताए ।

एकसाथ सुरुवात गरिएको अभियानले जिल्लाका ७७ वटा वडामा रहेका वडा कमिटी, टोल तथा सेल कमिटीहरुका वैठहरु सम्पन्न सम्पन्न गर्नुको साथै ७८४ पार्टी सदस्यता नविकरण, १०९ नयाँ पार्टी सदस्य वितरण गरिएको ईन्चार्ज शर्माले जानकारी दिए ।

अभियानले हालसम्म जिल्लामा ४ हजार ४२५ घरधुरीमा पुगेर २१ हजार ४९९ जनासँग भेटघाट अन्तरक्रिया एवं सुझाव संकलन गरिएको ईन्चार्ज शर्माले बताए । एक महिनाको समयमा नेपाली कांग्रेस, नेकपा एमाले, समाजवादी लगाएतका विभिन्न पार्टीबाट २५१ जनाले नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको ईन्चार्ज शर्माले जानकारी दिए ।

विद्यालय, अस्पताल, धारा–पंधेरा, बाटोघाटो, वजार जस्ता सार्वजनिक स्थलहरुको सरसफाई तथा मर्मत गरी २२ वटा काम र सयौं जनताको घरघरमा सरसहयोग गरिएको ईन्चार्ज शर्माले जानकारी दिएका छन् ।

जनजिविका, सुशासन र विकास सवालहरु समावेश गरेर जिल्लाका ७ वटै स्थानीय तहमा ज्ञापनपत्र वुझाएको, माओवादी पार्टीले जितेका २५ वटा वडामा मतदाताहरुसँग जनप्रतिनिधहरुको सार्वजनिक सुनुवाईको कार्यक्रम हारेका ५२ वटा वडामा वडा कार्यालयबाट प्रवाह गरिने सेवामा गरिने विभेद, अनियमितताको भण्डाफोर सभा गर्नुको साथै ज्ञापन पत्र वुझाउने कार्यक्रमहरु सम्पन्न गरिएको ईन्चार्ज शर्माले जानकारी दिए ।

अभियानको क्रममा पार्टी नेता, कार्यकर्ता वेला–वेला गाउँका जनताहरुसँग यसरी नै आई रहनु पर्ने । कतिपय राजनीतिक दलका कार्यकर्ताद्वारा विकास योजनावाट कमिशन उठाउने गरेको कुराको उचित छानविन तथा कार्वाही गर्नुपर्ने जनताले सुझाव दिएको ईन्चार्ज शर्माले जानकारी दिए । गाउँमै रोजगारीको अवसर सृजना हुने कार्यक्रम ल्याउनु पर्ने, शहिद परिवार, घाइते अपाङ्ग र पूर्व जनमुक्ति सेना तथा पुर्णकालिन कार्यकर्ताहरुको उचित व्यवस्थापन गर्नु पर्ने, निर्वाचित जनप्रतिनिधिहरुले जनतासँग नियमित सम्पर्क र भेटघाट गरि रहनु पर्ने, जिल्लाका सवै पालिकाका मतदातासंग मन्त्रीले समय समयमा भेटघाट गर्नु पर्ने, आगामी निर्वाचनमा गठवन्धन नगरी पार्टीले एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्ने, विकास वजेट एवं नेतृत्व विकासमा जिल्लाका सवै पालिकालाई सन्तुलित गर्नु पर्ने सुझावहरु आएको ईन्चार्ज शर्माले जानकारी दिए ।


Tagged
प्रतिकृया दिनुहोस्