News Portal

नलगाड नगरपालिकामा मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्यका लागि अभिमुखीकरण

जुनु परियार२०८१ माघ २०
११८ पटक

जाजरकोट
नलगाड नगरपालिकाको दल्लीमा मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्यका लागि दुइ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक स्तरको मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्य गर्न सनिवारदेखि आइतबारसम्म नलगाड नगरपालिकाको दल्लीमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।

युनिसेफको आर्थिक, प्रदेश अस्पताल कालागाउँ सुर्खेतको प्राविधिक सहयोगमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले दल्लीमा दुइ दिने उक्त अभिमुखीकरण कार्यक्रम संचालन गरेको थियो । नलगाड नगरपालिकाका सबै तहका स्वास्थ्य संस्था र स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरु सहभागी रहेको दुइ दिने अभिमुखीकरण कार्यक्रमको सहजीकरण युनिसेफमा कार्यरत महालक्ष्मी प्रजापतिले सहजीकरण गरेकी थिइन् । सनिबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम आइतबारसम्म संचालन भएको थियो ।

गर्भवति महिलाहरुको लागि पेरीनेटल अबधिनै सबैभन्दा सम्बेदनशिल अबधि भएको बताउदै युनिसेफमा कार्यरत महालक्ष्मी प्रजापतिले हरेक मृत्युको गणना गर्नुपर्ने मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्य कार्यक्रमले मान्यता राख्दै आएको बताइन् । गर्भावस्थाको अन्तिम समयनै पेरीनेटल समय भएको बताउदै प्रजापतिले मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्य समिति मार्फत सामुदायिक स्तरका शिशु र आमाको स्वास्थ्य अबस्थाको निगरानी, अबस्था विश्लेषण र स्वास्थ्य प्रणालीलाइ कार्यान्वयन गर्नु नै कार्यक्रमको मुख्य उदेश्य रहेको बताइन् । देशका ११० वटा अस्पतालमा कार्यक्रम संचालन भएतापनि सामुदायिक स्तरमा कार्यक्रम संचालनमा आउन नसकेको प्रजापतिले भनाइ राखेकी थिइन् । अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा मातृ मृत्यु दर बढि भएको जानकारी दिदै प्रजापतिले मातृ तथा शिशु मृत्यु दर घटाउन कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेकी थिइन् । जाजरकोट जिल्लामा गत बर्ष घरमै सुत्केरी हुनेको संख्या ७०० रहेको जानकारी दिदै प्रजापतिले सामुदायिक स्तरमा संचालन गरिने मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्य कार्यक्रमले घरमै सुत्केरी हुनेको संख्यालाइ घटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी थिइन् ।

नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुनको अध्यक्षतामा संचालन गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घघाटन सत्रमा नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावतको अध्यक्षतामा पाँच सदस्य नगरपालिका स्तरीय मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्य समिति गठन गरेको नगर स्वास्थ्य शाखामा कार्यरत मोहन खड्काले जानकारी दिए ।

उक्त कार्यक्रमको उद्घाटन तथा समापन सत्रका प्रमुख अतिथि नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत थिए भने, विशेष अतिथि नगर उपप्रमुख देवका लामिछाने (सोभा), वडा नं. ५ का वडा अध्यक्ष ओमराज ओलीले अभिमुखीकरण कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन बरिष्ठ अनमी जैया खड्काले गरेकी थिइन भने, दुई दिनसम्म संचालन भएको कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनीधि गरी ७० जना सहभागी रहेका थिए ।

प्रतिकृया दिनुहोस्