जाजरकोट
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), नलगाड नगर समितिको अध्यक्षमा शशिराम ओली चयन भएका छन् । बुधबार दल्लीमा सम्पन्न तेस्रो नगर अधिवेशनले सर्वसम्मत ओलीलाइ अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले ओलीको अध्यक्षतामा १९ सदस्य नगरसमिति सर्वसम्मत निर्वाचित गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का केन्द्रीय सदस्य दलवीर पुनले जानकारी दिए । केन्द्रीय सदस्य पुनले दिएको जानकारी अनुसार अधिवेशनले पुष्पराज गौतम, सुरेन्द्र गौतम, सरस्वती रावललाइ उपाध्यक्षमा सर्वसम्मत चयन गरेको छ । त्यसैगरी नगर सचिवमा सुमन गौतम, सह–सचिवमा पिटर यादव र ललिता चलाउने सर्वसम्मत चयन भएका छन् भने, कोषाध्यक्षमा बरजंग चन्द सर्वसम्मत चयन भएका छन् । अधिवेशनले नविन सिंह, डम्बर बहादुर क्षेत्री, दिपकराज चनारा, चन्द्र बहादुर चनारा, निर्मला आरसी, सरिता सुनार, मोहन केसी, भुमिका विक, सन्तोष गौतम, सिता ओली र शेर बहादुर रावललाइ नगर समितिको सदस्यमा सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले जिल्ला प्रतिनीधिमा यमलाल ढकाल, भगवति जैसी, अमृत अधिकारी, विनोद रावल, भीम बहादुर ओली, राजु चन्द, किरण थापालाइ सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सल्लाहकार समितिको संयोजकमा गोकर्ण चन्द, सल्लाहकार समितिको सदस्यमा तारा रावल, डा. विशाल उप्रतीलाइ सर्वसम्मत चयन गरेको छ ।
शशिराम ओली, पुष्पराज गौतम, सुरेन्द्र गौतम, सुमन गौतम, विनोद रावल लगाएत ८ जना अध्यक्ष पदका आकाँक्षी हुदाहुदै पनि घनिभुत छलफल बहस पश्चात शशिरामको नेतृत्वमा नगर समिति चयन गर्न नगर अधिवेशन सफल भएकोमा प्रमुख अतिथि तथा केन्द्रीय सदस्य पुनले वताए । उनले नवनिर्वाचित सबैलाइ बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।
छलफल तथा बहसमा अनेक व्यक्तिगत विचार र रुचीहरु प्रकट भएता पनि कार्यान्वयनमा एकता कायम गर्ने नलगाडको मौलिक पहिचान भएको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा नगर प्रमुख डम्मबर बहादुर रावतले भनाइ राखेका थिए । नलगाडको मौलिक पहिचानलाइ जोगाउन सफल भएकोमा खुशी व्यक्त गर्दै नगर प्रमुख रावतले नवनिर्वाचित नगरसमितिलाइ बधाइ दिनुको साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
तेस्रो नगर अधिवेशनमा अनेकौं छलफल, बहस भएको बताउदै नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), जाजरकोट अध्यक्ष नारायण खत्रीले संगठन भित्र चलाइने सिर्जनात्मक विचार सहितको बहसबाट संगठनले नयाँ जीवन पाएको भनाइ राखेका थिए । नयाँ नगर समितिले व्यक्त गर्ने प्रतिवद्धताले नयाँ जीवन सहित बनेको नयाँ समितिमा प्राण भर्ने अध्यक्ष खत्रीले बताएका थिए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) मा संगठित हुन २०६४ सालमा आएको उभार बीचमा केही कम भएता पनि भ्रष्टाचार विरुद्ध प्रचण्ड सरकारले गरेका कामको प्रभावले यतिवेला फेरी नयाँ उभार पैदा भएको यमलाल ढकालले भनाइ राखेका थिए । तेस्रो नगर अधिवेशन आयोजक समितिका अध्यक्ष ढकालले अधिवेशन भव्य रुपमा सफल बनाउन नगरसमितिलाइ साथ दिने, सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका थिए ।
अधिवेशनबाट सर्वसम्मत नव निर्वाचित नगर समिति अध्यक्ष शशिराम ओलीले नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको नगर सरकारलाइ पुर्ण रुपमा सफल बनाउन नगर समितिलाइ प्रतिवद्ध बनाउने, अस्थायी, ज्यालादार र करार कर्मचारीको सेवा, सुविधा र वृद्धिविकासका लागि नगर सरकारसंग आबश्यक पहल गर्ने, सदनमा टेवुल गरिएको विभेदकारी संघीय निजामति ऐनलाइ परिमार्जन गराउन पहल गर्ने, हालै कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा गठन ऐन–२०८१ का विभेदकारी व्यवस्थालाइ परिमार्जन गर्न पहल गर्ने, प्रभावकारी जनसेवा र पेशागत अधिकारका सवालमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), नलगाड नगर समितिले अन्य संगठनको तुलनामा फरक पहिचान बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
व्यक्तिगत चहानालाइ संगठनको हितमा प्रयोग गर्नुपर्ने भनाइ राख्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), नलगाड नगर समितिका नवनिर्वाचित सचिव सुमन गौतमले व्यक्तिगत विचार राख्ने क्रममा प्रस्तुत छुच्चोपन र तितो बोलीलाइ रसबरी बनाएर श्रवण गर्न संगठन र पार्टी नेताहरुलाइ आग्रह गरेका थिए ।
“प्रभावकारी जनसेवा र पेशागत अधिकार सुदृढिकरणको लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन ! – शान्ति, सुशासन, समाजवाद निर्माणको अभियानमा कर्मचारी संगठन !!” भन्ने मुल नारा सहित सम्पन्न भएको तेस्रो नगर अधिवेशन सफलताको शुभकामना र अधिवेशन सम्पन्न पश्चात नव निर्वाचित कार्यसमितिलाइ भनाइद्धारा बधाइ दिनेहरुमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का केन्द्रीय सदस्य दलवीर पुन, जिल्ला अध्यक्ष नाराण खत्री, नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य डम्बर बहादुर रावत, केन्द्रीय सल्लाहकार समिति सदस्य मन बहादुर रावल, प्रदेश समित सदस्य इन्द्रप्रसाद शर्मा, गणेश सिंह, राममाया हमाल, नगर समिति अध्यक्ष अमृत ओली, अनेम संघ (क्रान्तिकारी) कर्णाली प्रदेश समिति उपाध्यक्ष तथा नलगाड नगर उपप्रमुख देवका लामिछाने, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन, जाजरकोटका पुर्वउपाध्यक्ष प्रभात सुवेदी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य दिनेश ओली, शिक्षक महासंघ नलगाड नगर समितिका अध्यक्ष जय बहादुर खड्का लगाएतका नेताहरु रहेका थिए । नवनिर्वाचित नगर समितिलाइ केन्द्रीय सदस्य पुनले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।