जाजरकोट
हिजो, आज योगमाया कार्की निकै व्यस्त छन् । खलंगा साना किसान कृषि सहकारी संस्था लिमिटेड, जाजरकोटले इन इलम परियोजना अन्तरगत हेल्भेटास नेपालसंगको सहकार्यमा खलंगा मह प्रशोधन उद्योग संचालन गरेपछि योगमाया व्यस्त हुन थालेकि हुन् ।
खलंगा साना किसान कृषि सहकारी संस्था लिमिटेड भेरी नगरपालिका–४ जाजरकोटको अध्यक्ष योगमायाले खलगा मह प्रशोधन उद्योग संचालन गरेपछि आफु मात्र नभएर सहकारी सस्थाका प्रवन्धक र सहप्रवन्धक दुइ जना कर्मचारीलाइ पनि अव्यस्त बनाएकि छन् । शुद्धता कायम गर्नुको साथै मुल्यमा एकरुपता कायम गर्न योगमायाले खलगा मह प्रशोधन उद्योग संचालनमा ल्याएकी हुन् ।
२०८१ भदौ २५ गते उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटमा दर्ता गरेर मह प्रशोधन उद्योग संचालन गरेकी योगमायाले ३०० किलो मह प्रशोधन गर्न आफुसहित तीन जना कर्मचारीलाइ दुइ दिनको समय लाग्ने बताएकी छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरेन्द्रनगर सुर्खेतबाट अनुमत पत्र लिएर संचालन गरिएको उद्योगमा महको लेवलिङ्ग, प्याकेजिङ्ग लगाएतका कामहरु गर्न ३०० किलो महका लागि तीन जना कर्मचारीलाइ दुइ दिनको समय लाग्छ योगमायाले भनिन्,‘जाजरकोट जिल्लाको महलाइ ब्राण्डिङ्ग गरेर विक्रि वितरण गर्नुको साथै उपभोक्ताहरुका लागि शुद्धता कायम गर्न हामीले खलंगा मह प्रशोधन उद्योग संचालनमा ल्याएका हौं ।’
मह प्रशोधन उद्योगले स्थानीय महिलाहरुलाइ रोजगारी सिर्जना गर्नुको साथै प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना, हेल्भेटास नेपालसंगको समन्वय तथा सहकार्यमा मौरी पालक किसानहरुलाइ आधुनिक घार सहितका गोला वितरण, महदानी लगाएतका उपकरणहरु वितरण, कृतिम चाका निर्माण सम्बन्धि उद्ययमशिल तालिमहरु संचालन गर्दै आएको योगमायाले जानकारी दिएकी छन् ।
खलंगा मह प्रशोधन उद्योगमा योगमायाले आफुसंगै पार्वती महतारा, यमुना घर्तीलाइ कर्मचारी राखेर प्रशोधनका सम्पूर्ण कामहरु गर्दै आएकी छन् । प्रतिकिलो १२०० मा मह विक्री गर्दै आएको उद्योगले गत कातिक महिनादेख हालसम्म १२ क्वीन्टल मह प्रशोधन गरेर विक्रि वितरण गरिसकेको छ ।