News Portal

बालबिज्याइँ अभियोगमा ६३ ताँसी १ प्रहरी नियन्त्रणमा

डिजिटल संचार संवाददाता२०८१ माघ ११
१६३ पटक

जाजरकोट
बारेकोट गाउँपालिका–६ निबासी १२ बर्षिय परिवर्तित नाम थर, ६३ ताँसी १ लाइ बालबिज्याइँ अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । लुकिछिपी बसिरहेको अबस्थामा ६१ ताँसी १ लाइ प्रहरीले उनकै घरबाट बिहिबार बिहान नियन्त्रणमा लिएको हो ।

६३ ताँसी १ ले धारिलो हतियार (चक्कु) प्रयोगगरि ३ बर्षिय नाबालिकाको घाँटी रेटेर हत्या गरेको आरोप लागेको छ । करणीको प्रयास गरेपछि ३ बर्षिय नाबालिका चिच्याएर प्रतिकार गरेपछि १२ बर्षिय ६३ ताँसी १ ले बुधबार धारिलो हातियार (चक्कु) ले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी दिनेश तिमिल्सेनाले जानकारी दिएका छन् ।

हत्यापछि नाबालिकाको लास घाँसको पुलाले छोपेर ६३ ताँसी १ फरार भएका थिए । फरार ६३ ताँसी १ लाइ प्रहरीले उनकै घरमा लुकिछिपी बसिरहेको अबस्थामा नियन्त्रणमा लिएको हो प्रहरी निरिक्षक तथा जिप्रका जाजरकोटका सुचना अधिकारी तिमिल्सेनाले भने–‘रितपुर्वक नियन्त्रणमा लिएका ६३ ताँसी १ लाइ बाल निगरानी कक्षमा राखि प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ, आजै सम्मानित जाजरकोट जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।’

प्रतिकृया दिनुहोस्