News Portal

रावतगाउँ–मैदेचौर ग्रामीण सडकको संयुक्त अनुगमन

२०२ पटक

जाजरकोट
भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसीको नेतृत्वमा मंगलबार एक ग्रामीण सडकको संयुक्त अनुगमन गरिएको छ । नगर उप–प्रमुख जैसीको नेतृत्वमा जनप्रतिनीधि, कर्मचारी, परियोजनामा कार्यरत कर्मचारी, गैर सरकारी संस्था महासंघ, पत्रकारको टोलीले ग्रामीण सडकको संयुक्त अनुगमन गरेको हो ।

टोलीले भेरी नगरपालिका–१ को रावतगाउँ–मैदेचौर ग्रामीण सडकको संयुक्त अनुगमन गरेको थियो । गत बर्ष कातिक १७ गते मध्येराति गएको जाजरकोट भुकम्पबाट पिडीत ६०५ परिवारका सदस्यहरुले उक्त ग्रामीण सडक निर्माण गरिरहेका छन् । वेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम र एकीकृत विकास समाज (क्ष्म्क्) नेपालको सहजीकरणमा संचालित “सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना” को आर्थिक सहयोगमा उक्त ग्रामीण सडकको निर्माण कार्य भइरहेको छ । रावतगाउँ–मैदेचौर ग्रामीण सडक निर्माण कार्यबाट ३१५ जना महिला र २९० पुरुष गरि जम्मा ६०५ जनाले ४० दिनको रोजगारी पाइराखेको एकीकृत विकास समाज (क्ष्म्क्) नेपालका पालिका संयोजक शान्त बहादुर बुढाले जानकारी दिए । २ करोड ८६ लाख ३५ हजार ८६१ रुपैया ३३ पैसा लागतमा निर्माण भइरहेको उक्त ग्रामीण सडकबाट प्रतिपरिवारले ४० दिनको रोजगारी पाएका छन् भने, प्रतिव्यक्ति ३६ हजार आम्दानी गर्ने भएका छन् संयोजक वुढाले भने ।

गाउँ तथा नगरपालिका र जनसहभागिताको ० लागतमा निर्माण कार्य भईरहेको रावतगाउँ–मैदेचौर ग्रामीण सडकमा ५२१.९० घनमिटर ढुंगाको पर्खाल, ५६४ घनमिटर ग्याविन जाली, १२.६० घनमिटर आरसिसी वाल, १३ हजार ७१०.७० घनमिटर माटो खन्ने÷पुर्ने काम भइरहेको विश्व खाद्य कार्यक्रमका सामुदायिक परिचालक अधिकृत लाप्का तामाङले जानकारी दिएका थिए ।

उक्त ग्रामीण सडकको निर्माण कार्य उपभोक्ता समिति मार्फत अगाडी बढि रहेको जानकारी दिदै एकीकृत विकास समाज (क्ष्म्क्) नेपालका परियोजना संयोजक राजेन्द्र गिरीले १३ सदस्य उपभोक्ता समितिमा ७ जना महिला र ६ जना पुरुष रहेको बताए । ६०५ जनालाइ १७ वटा समुह बनाएर काम गराइ रहेको पालिका संयोजक बुढाले बताए ।

परियोजनाले भेरी नगरपालिकाको वडानं १, ६, ८, ९ र १० मा ग्रामीण सडक निर्माणको काम गराइ रहेको विश्व खाद्य कार्यक्रमका इन्जिनियर कल्पना चालिसेले बताइन् ।

ज्यान गुमाएका मृतक परिवार, घाइते तथा घरबास गुमाएका भुकम्प पीडितहरुका लागि साढी एक महिनाको रोजगारीको ग्यारेन्टी संगै खाद्य सुरक्षाका लागि ग्रामीण सडक निर्माण कार्यक्रम निकै लाभदायक भएको बताउदै भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसीले योजना निर्माण, बस्ती तथा भुगोल छनौट र बजेट विनियोजनमा नगरपालिकाको पनि भुमिका रहेको वताइन् ।

“सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना” द्धारा निर्माण गरिएका ग्रामीण सडकहरुमा ग्रावेल गरिएका स्थानहरुमा माटो हाल्नुपर्ने, मोडहरुलाइ सुधार गरि नाली निर्माण गर्नुपर्नेमा भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले बताए । गाउँमा बेरोजगारीको समस्या बढ्दै गइरहेको बेला रोजगारी सृजना गर्ने गरि संचालन गरिएको सडक निर्माणको कामलाइ निरन्तरता दिनुको सथै नगरपालिकाका सबै वडाहरुमा कार्यक्रम संचालन गर्न अधिकृत घर्तीले परियोजनालाइ सुजाएका थिए ।

संयुक्त अनुगमनमा भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसीको नेतृत्वमा भेरी नगरपालिका–१ का वडा अध्यक्ष दिपक राना, प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, योजना शाखा प्रमुख अनिस शाह, ईन्जिनियर मोहन मल्ल, विपद व्यवस्थापन शाखा प्रमुख यज्ञ गौतम, विश्व खाद्य कार्यक्रमका सामुदायिक परिचालक अधिकृत लाप्का तामाङ, इन्जिनियर कल्पना चालिसे, सत्रुधन बन्धन, एकीकृत विकास समाज (क्ष्म्क्) नेपालबाट परियोजना संयोजक राजेन्द्र प्रसाद गिरी, ईन्जिनियर गणेश भण्डारी, लेखापाल कमल भट्ट, जेसी अधिकृत गौमति उप्रेति, खरिद अधिकृत हार्दिक अधिकारी, पालिका संयोजक शान्त बहादुर वुढा, सुपरभाइजर कमल बोहरा, गैरसरकारी संस्था महासंघ जाजरकोट अध्यक्ष सहदेव बस्नेत, पत्रकार दिप बहादुर घर्ती सहभागी भएका थिए । रावतगाउँबाट सुरु गरिएको अनुगमन मैदेको चौरमा पुगेर टोली फर्केको थियो ।

 

प्रतिकृया दिनुहोस्