Hamro Sanchar

एक बर्षमा तीन वटा सम्मान

सम्मान थाप्न भ्याई नभ्याई छ खाद्य हाकिमलाई

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/४ गते
जाजरकोट

सम्मानले जागरण ल्याउछ । नयाँ जोस पैदा गर्ने गर्दछ । सम्मानमै नयाँ जीवनको खोजी गर्ने एउटै मात्र प्राणी मानव हो । सम्मानले नै मानव चेतना र सोचाईमा परिवर्तन ल्याउने गरेको देखिन्छ । मानव खाने कुरा भन्दा पनि बढी सम्मानको भोको हुन्छ । सम्मानबाट नै मान्छेले आफ्नो कर्तब्य, जिम्मेवारी र दायित्व बोध गर्ने गरेको देखिन्छ ।

त्यस्तै भएको छ, नेपाल खाद्य संस्थान, खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, जाजरकोटका हाकिम (प्रमुख) धर्मराज बस्नेतलाई । एकै बर्षमा तीन वटा सम्मान र कर्मचारी मिलन कन्द, जाजरकोट्रको उपाध्यक्षबाट अध्यक्षको जिम्मेवारी पाएपछि कार्यालय प्रमुख बस्नेत फुरुङ्ग मात्र भएका छैनन्, आफ्नो कर्तब्य, जिम्मेवारी र दायित्वलाई राम्रोसंग बोध गर्न थालेका छन् ।

स्थानीय तहबाट एकै बर्षमा पाएका तीन वटा सम्मानलाई ओजिलो भारीका रुपमा ग्रहण गर्दै प्रमुख बस्नेतले स्थानीय तहका जनप्रतिनीधिले बोकाएको भारीलाई कुशलतापूर्वक गन्तव्यमा पु¥याउने लक्ष्य लिएका छन् । विश्वलाई प्रभावित बनाएको कोभिड–१९ को प्रभावले सिङ्गो देश नै बन्दाबन्दी भएको अबस्थामा पनि जिल्लामा खाद्य आपूर्तीको कामलाई सहज रुपमा पुरा गरेको भन्दै भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाले गत असोज ३ गते प्रमाण–पत्र सहित दोसल्ला ओराएर प्रमुख बस्नेतलाई सम्मान गरेका थिए । त्यसैगरी जुनीचाँदे गाउँपालिकाका काबा अध्यक्ष शिवा आचार्यले गत चैत ७ गते प्रमाण–पत्र सहित दोसल्ला ओढाउनुको साथै फुलमाला र अबिर लगाएर प्रमुख बस्नेतलाई सम्मान गरेकि थिईन् ।

भेरी–१ र जुनीचाँदे जस्तै नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल र उप–प्रमुख बालकुमारी बस्नेतले पनि जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलको प्रमुख आथित्यतामा भव्य कार्यक्रमको आयोजना गरेर गत चैत ९ गते प्रमाण–पत्र सहित दोसल्ला ओढाउनुको साथै फुलमाला र अबिर लगाएर शाखा प्रमुख बस्नेतलाई भव्य सम्मान गरेका थिए । सेवा अबधिको २५ बर्षमा शाखा प्रमुख बस्नेतले एकै बर्षमा तीन वटा सम्मान पाएको बर्ष भने २०७७ साल नै पहिलो थियो । जागिरे जीनवको धेरै बर्षहरु सोलुखुम्बु, कैलाली, दाङ्ग, प्युठान, रोल्पा लगाएतका जिल्लामा बिताएको भएता पनि यस्तो सम्मान जाजरकोट जिल्ला बाहेकका अन्य जिल्लामा पाउन नसकेको शाखा प्रमुख बस्नेतले बताए । जाजरकोट जिल्लामा कार्यरत रहेको ५ बर्ष पुरा भएको जानकारी दिदै शाखा प्रमुख बस्नेतले भने–‘जाजरकोट हालसम्मको बसाईमा कर्मचारी मिलन केन्द्रको उपाध्यक्ष थिए, गत फागुन २९ गतेदेखि अध्यक्षको जिम्मेवारीमा छु, त्यसैले पनि अझै जाजरकोट छोड्न मलाई मन लागि रहेको छैन ।’

बस्नेत शाखा प्रमुख भएर जाजरकोट आउनुपूर्व नै जिल्ला सदरमुकाम खलंगामा नेपाल खाद्य संस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय थियो भने, बारेकोटको नायकबाडा (घाट), नलगाडको रग्दा (चौखा), छेडागाडको दशेर र पजारु घोगीमा खाद्य डिपाहरु थिए । बस्नेत जाजरकोटमा आए पश्चात बस्नेतकै सक्रियतामा बारेकोटको काउली, नलगाडको दल्ली, कुशेको घरंगा र टापुचौर, जुनीचाँदेको ताँगा र रजुतरामा खाद्य विक्रि केन्द्र स्थापना भएका छन् ।

यसबर्ष शखा कार्यालय खलंगाको लागि १० हजार, नायकबाडा घाटको लागि १२ सय, चौखाको लागि ८ सय, दशेराको लागि ८ सय, घोगीको लागि एक हजार, ताँगाको लागि १५ सय, रजुतराका लागि ८ सय, टापुचौरको लागि एक हजार, घरंगाका लागि एक हजार, काउलीको लागि एक हजार र दल्लीको लागि ५ सय गरी जम्मा १९ हजार ६ सय क्वीन्ट बार्षिक कोटा चामल रहेको शाखा प्रमुख बस्नेतले जानकारी दिएका छन् । उक्त बार्षिक कोटाले जिल्लामा खाद्यन्न नपुगेमा थप्न सकिने बस्नेतले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्