News Portal

कुशेमा लठ्ठी प्रहार गरी एक युवाको हत्या

११२२ पटक

कुुशे गाउँपालिका–८ जिन्तालामा एक युवाको हत्या गरिएको छ । प्रहार गरीको लठ्ठी ठाउकोमा लागेर बेहोस भएका युवाको राती नै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

बिमल प्रकास सिंहले प्रहार गरेको लठ्ठी टाउँकोमा लागेर जिन्तालाका ३५ वर्षीय इन्द्र बहादुर सिंहको घरमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सामुदायिक संस्थाको खातामा रहेको रकमको बिषयमा विवाद हुँदा उनीहरु वीच झगडा सुरु भएको थियो । पधेरीखोला सामुदायिक संस्थाकाका पदाधिकारी र सदस्यहरु सुक्रबार भेला भएका थिए । छलफल पछि अन्य सदस्यहरु आ–आफ्नो घर फर्केका थिए । केही युवाहरु बेलुका जिन्तालमै कुखुरा काटेर रमाइलो गर्न बसेका थिए ।

विमल संस्थाका अध्यक्ष हुन भने, मृतक इन्द्र सचिव हुन् । खाजा नास्ता खाने क्रममा उनीहरु विच संस्थाको खातामा रहेको गरिबी निवारण कोषको रकमका विषयमा केही समय विवाद भएको थियो । एक्कासी बिमल आक्रोशमा आएर इन्द्रको टाउकोमा लठ्ठीले हिर्काएको प्रहरी निरीक्षक खुमान्द पाण्डेले बताएका छन ।

टाउकोको चोटले गम्भीर घाइते भएका ईन्द्रलाई अन्य साथीहरुले घरमा पुरयाई दिएका थिए । तर, राति २ बजे इन्द्रको ज्यान गएको पाण्डेले बताए । समयमा उपचारको ब्यवस्था गर्न सकेको भए उनको ज्यान जोगाउन सकिने प्रहरीको भनाइ छ । प्रहरीले कुटपिटमा संलग्न विमललाई आईतवार विहान भेरीनगरपालिका–२ बाहुनथानाबाट पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा बिमलले कुटपिट गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पाण्डेले बताए । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक शिवकुमार क्षत्रीको कमाण्डमा एक टोली घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ । पक्राउ भएका बिमललाई आईतबार जिल्ला अदालतमा लिएर म्याद थप गरी अनुसन्धान गरिने निरिक्षक पाण्डेको भनाई रहेको छ । मृतकको लास पोष्टमार्टमका लागि सदरमुकाम ल्याउदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्