Hamro Sanchar

छेडागाडको मनाघाटमा “शेर सिमानामा” कार्यक्रमको आयोजना

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/४/१७ गते
जाजरकोट

छेडागाड नगरपालिकाको मनघाटमा यही साउन ३० गते “शेर सिमानामा” कार्यक्रमको आयोजना गरिएको छ । छेडागाड नगरपालिका–१२ को आर्थिक सहयोगमा सल्यान साहित्य कला परिषद् सल्यानले मनघाटमा “शेर सिमानामा” कार्यक्रमको आयोजना गरिएको हो ।

छेगाड नगरपालिकाका प्रमख लाल बहादुर महतराको प्रमुख आथित्यतामा आयोजित ‘शेर सिमानामा’ कार्यक्रमको समन्वय जाजरकोटी साहित्य समाजले गरेको छ । जाजरकोट, रुकुमपश्चिम, सुर्खेत र सल्यान गरी चार जिल्लाको सिमानामा रहेको छेडागाड नगरपालिकाको मनघाटमा आयोजित “शेर सिमानामा” कार्यक्रममा गजल गजल बाचन गर्ने कार्यक्रम रहेको जाजरकोटका गजलकार जनक चन्द ‘ऋतु’ले जानकारी दिएका छन् । निरन्तर साधना गरिरहेका चार जिल्लाका बीस सर्जकहरुले गजल बाचन गर्ने कार्यक्रम रहेको चन्दले बताए ।

उक्त कार्यक्रममा गजल बाचन गर्नेमा जाजरकोट जिल्लाका गजलकार जनक चन्द ‘ऋतु’, दिपेन्द्र सिंह ‘दिप’, दुर्गा भण्डारी, पुष्कर ‘पराग’ चन्द र गणेश ‘अनुपम’ रहेका छन् भने, सुर्खेत जिल्लाका गजलकार रमेश चन्द कुशुम, घनश्यम तारा ‘ऋतु’, सावित्री स्वप्रिल, मौसमजी भण्डारी र सिर्जना भण्डारी रहेका छन् । त्यसैगरी रुकुम पश्चिमका गजलकार जमुना गौतम, बिनोद खड्का, शिशिर केसी, सिर्जना शर्मा र दिलिपबाबु खड्का रहेका छन् भने, सल्यानका गजलकार ओम प्रकास देवकोटा, सुनिल राना ‘विरही’, ईन्द्रा बस्नेत, टोप घर्ती ‘अनुराग’ र डिल्लीराज केसी रहेका छन् ।

आयोजित उक्त कार्यक्रम निकै रोचक र मनोरन्जनात्मक हुने बिश्वास गरिएको छ । कार्यक्रममा अन्य गजलप्रेमी तथा सर्जकहरुको उपस्थितिका लागि आयोजकहरुले आग्रह गरेका छन् । गजल बाँचन कार्यक्रममा राजनैतिक, आर्थिक, समाजिक बिकृति र बिसंगतिलाई सर्जकहरुले गजलका शेरबाट तिखो प्रहार गर्ने अपेक्षा गरिएको छ । समाज रुपान्तरणमा साहित्यले महत्वपूर्ण भुमिका खेल्दै आएको छ । पछिल्लो समयमा साहित्यका अन्य विदा भन्दा गजल विदा निकै लोकप्रिय बन्दै गएको छ । विशेषगरी युवा–युवतीहरु गजल विदामा बढि आकर्षित भएको पाईन्छ ।

प्रतिकृया दिनुहोस्