Hamro Sanchar

कविताः– मेरी आमा

मीना गौतम प्रकाशित : २०७८/४/२८ गते
हालः– काठमाडौ किर्तिपुर

 

जिन्दगीमा धेरै दुख र कष्ट सहेर मलाई यो धर्तीमा पाइला टेकाउने भगवान हुन् मेरि आमा,

हो आफू भोकै बसेर मलाई पेट भरी मिठा–मिठा अन्न खुवाइ पेट भराउनी अन्नदाता हुन् मेरि आमा ।

आफू नाङ्गो बसेर भए पनि मलाई दुई जोर राम्रा लुगा लगाइदिने श्रदय हुन् मेरि आमा, हो आफू रोएर भएपनि मलाई हसाउने हास्या कलाकार हुन मेरि आमा ।

दुःख र सुख के हो ? सिकाउने गुरु हुन मेरि आमा संघर्षको पाठ पढाउने शिक्षिका हुन मेरि आमा ।

स्वार्थी हुनु हुदैन भनेर सिकाउने असल आचरणकि नारी हुन मेरि आमा ।
हो दुखिलाई सहयोग गर्नुपर्छ भनेर सिकाउनी मनकारी भावना भएकी नारी हुन मेरि आमा ।

प्रतिकृया दिनुहोस्