News Portal

सवारी दुर्घटनालाई न्युनीकरण गर्न जाजरकोटमा अन्तरक्रिया

५५५ पटक

सवारी दुर्घटनालाई न्युनीकरण गर्न जाजरकोटमा आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । देशका ठुला तथा साना शहरहरुमा सवारी दुर्घटनाका समाचारहरु प्रकाशन भईरहेको बेला जाजरकोटमा सवारी दुर्घटनालाई न्युनीकरण गर्न जिल्ला प्रहरी कार्यालय, जाजरकोटको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा ईजाजत पत्र नभएका सवारी साधन नचलाउने, नीजि सवारी साधन भाँडामा प्रयोग नगर्ने, यात्रु बाहक सवारी साधनहरुको अनिवार्य बीमा गर्ने, मापदण्डमा नभएका सवारी साधनलाई मर्मत संभार गर्ने, अनुमति पत्र नभएका चालकलाई सवारी साधन चलाउन नदिने निस्कर्ष निकालिएको प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले जानकारी दिएका छन् । सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनको चेकजाँचलाई कढाई गर्नुको साथै यस बिषयमा आम नागरिक, चालक, सह–चालक र सवारी धनीहरुको ध्यानाकर्षण गर्न उक्त अन्तरक्रिया कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने जिल्ला प्रहरी प्रमुख थापाको भनाई रहेको छ ।

चालकको लापर्बाही र हतार समयका कारण सवारी दुर्घटना हुने गरेको निस्कर्ष निकाल्दै उक्त अन्तरक्रिया कार्यक्रममा सवारी टाईम कार्डलाई निरन्तरता दिन कर्णाली प्रदेश यातायात ब्यबसायि संघका सदस्य तथा जाजरकोट यातायात प्रालीका अध्यक्ष नबराज सिंह र डिएसपी मधुकुमार थापाले सवारी टाईम कार्डमा संयुक्त हस्ताक्षर गरेका थिए ।

यातायात प्रालीका अध्यक्ष सिंहको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि डिएसपी थापा रहेका थिए भने, सवारी चालक, सह–चालक, सवारी धनी र यात्रुहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्