News Portal

२५० लिटर अबैध मदिरा सहित कच्चा पदार्थ बरामत गरेर नष्ट

५७१ पटक

जाजरकोट जिल्ला प्रहरी कार्यालयले २५० लिटर अबैध मदिरा बरामत गरेर नष्ट गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रै नेपाल प्रहरीले २५० लिटर मदिरा बरामत गरेर नष्ट गरेको छ ।

भेरी नगरपालिका–४ स्थित गैरीखाली, बाठाबाडा र रानागाँउबाट ८५० लिटर अबैध मदिरा उत्पादनको कच्चा पदार्थ (जाँड), २५० लिटर घरेलु मदिरा र २५ किलो मदिराको औषधि बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मंगलबार र बुधबार बरामत गरेको २५० लिटर मदिरा सहितको कच्चा पदार्थ स्थानीय जनप्रतिनिधि, नागरिक समाज, टोल सुधार समिति, पत्रकार, सामुदयिक प्रहरी प्रतिनिधिहरुको रोहवरमा प्रहरी कार्यालय परिसर भित्रै सुक्रबार नष्ट गरिएको छ ।

समाजमा घटि रहेका विभिन्न किसिमका सामजिक अपराध, विकृती, बेथितीका साथै विभिन्न किसिमका जघन्य तथा गम्भीर प्रकृतिका अपराधका घटनामा संलग्न व्यक्तिलाई मदिराले केही हदसम्म सहयोग गर्ने गरेको प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले बताए । अपराधका घटना घट्नुका पछाडी विविध कारणहरु भएको बताउदै जिल्ला प्रहरी प्रमुख डिएसपी थापाले अपराधको एक कारण मानिएको अवैध घरेलु मदिरालाई नियन्त्रण गर्दा समाजमा शान्ती सुरक्षा कायम गर्न टेवा पु¥याउनुका साथै अपराध रोकथाम तथा न्युनिकरण एवं सामाजिक हितको लागी समेत महत्वपुर्ण योगदान पुग्ने बताए । अवैध घरेलु मदिरा नियन्त्रणलाई नेपाल प्रहरीले अभियानकै रुपमा सञ्चालन गर्दै आई रहेको बताउदै डिएसपी थापाले उक्त अभियानलाई निरन्तरता दिई रहने बताए ।

प्रतिकृया दिनुहोस्