News Portal

कुशेको एक बिद्यालयमा शुक्रबार विद्यार्थीले कक्षा १२ काे परीक्षा दिन पाएनन्

२०७५ पटक

कुशे गाउँपालिकाको एक विद्यालयमा शुक्रबार विद्यार्थीहरुले कक्षा १२ काे परीक्षा दिन पाएका छैनन् । विद्यालयमा ईन्टरनेटले काम नगरेपछि शुक्रबारको परीक्षा दिनबाट बिद्यार्थीहरु बन्चित भएका हुन् ।

कुशे गाउँपालिका–६ घरंगामा रहेको दिपेन्द्र माध्यामिक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु शुक्रबारको परीक्षा दिनबाट बन्चित भएका हुन् । बिद्यालयमा ईन्टरनेटले काम नगरेपछि राष्ट्रिय परीक्षा बोर्डले ईमेलमा पठाएको पश्न–पत्र डाउनलोड गर्न नसकिएको विद्यालय प्रधानाध्यापक सुरेश कुमार आरसीले जानकारी दिए । कोभिड–१९ बाट प्रभावित शिक्षा क्षेत्रलाई बैकल्पिक शिक्षाका रुपमा दुर शिक्षा प्रणाली लागु गरेसंगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सुरु हुनु भन्दा आधा घण्टा अगाडी सम्बन्धित विद्यालयको ईमेलमा प्रश्न–पत्र पठाउने गरेको छ तर, शुक्रबार ईन्टरनेटले कान नगरेपछि ईमेलबाट प्रश्न–पत्र डाउनलोड गर्न सकिनौं प्रअ आरसीले भने–“ईन्टरनेटले काम नगरेता पनि टेलिफोन सेवाले काम गरेको भए फोन मार्फत पनि प्रश्न–पत्र तयार गर्न सकिन्थ्यो, त्यो पनि सम्भव भएन ।”

घरंगाबाट झण्डै ५ किलोमिटर टाढाको दुरीमा रहेको भार्मामा फोर जी ले काम गर्छ कि भनेर एक जना शिक्षकलाई पठायौं, त्यहाँ पनि नेटले काम नगरेपछि सर खाली हात नै फर्किनु भयो प्रअ आरसीले भने–‘परीक्षा दिनका लागि घरबाट आएका विद्यार्थीहरु र परीक्षामा सुरक्षा दिनको लागि प्रहरी चौकीबाट आएका सुरक्षाकर्मीहरु दिनभर चौरमा बरालिए ।’ शिक्षा, बिज्ञान, आर्ट र कानुन गरी चार फ्याक्लिटीको पढाई हुने दिपेन्द्र मावि घरंगामा कक्षा १२ मा पढ्नका लागि १०८ जना विद्यार्थी भर्ना भएको प्रअ आरसीले बताए । १०८ जना भर्ना भएता पनि परीक्षाको लागि फाराम भरेका ८९ जना सबै विद्यार्थीहरु परीक्षामा सहभागी भएको प्रअ आरसीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्