News Portal

नदैडाब पुगेका जुनीचाँदेका एक तिर्थालुको मृत्यु

६६० पटक

नदैडाब पुगेका जुनीचाँदे गाउँपालिका–१ काप्राका एक तिर्थालुको मृत्यु भएको छ । पाटनको अत्याधिक चिसोले कठ्याङ्ग्रीएर जुनीचाँदे–१ काप्राका ५९ बर्षिय अभिमान रावतको मृत्यु भएको हो ।

चाँदे हिमालको चौरीपाटनमा रहेको प्रख्यात नदैडावमा नारायण देउपीडको तिर्थ गर्ने तिर्थालुको भीड लाग्ने गर्दछ । उक्त नदैडाबमा जाजरकोट भन्दा बढि जुम्ला जिल्लाका नागरिकहरु आउने गर्दछन् । जाजरकोट र जुम्ला जिल्लाका नागरिकहरुको आस्थाको केन्द्र मानिएको नदैडाव जुनीचाँदे गाउँपालिका, छेडागाड नगरपालिका र कुशे गाउँपालिकाको केन्द्रमा रहेको छ । नदैडावमा जाजरकोटको छेडागाड नगरपालिका, जुनीचाँदे र कुशे गाउँपालिकाका अधिकाँश नागरिकहरुले आस्थाको पुन्जका रुपमा लिने गरेका छन् ।

जुनीचाँदे–१ काप्राका अभिमान रावतसंगै बुधवार उनकै गाउँका २५ जना तिर्थालु नदैडाब गएका थिए । लगातारको बर्षासँगै आएको हावाहुरीले बढाएको अत्याधिक चिसोले कठ्याङग्रीएर अभिमानको मृत्यु भएको थियो भने, अरु तीन जना विरामी परेका थिए । अरु सबै सम्पर्कमा आई सकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पञ्चाला दहबाट प्रहरी सहायक निरीक्षक दुर्गबहादुर शाहीको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले बिरामी भएका तीन जनालाई उद्धार गरी सकेको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुुमार थापाले जानकारी दिएका छन । प्रहरी नायव उपरीक्षक थापाले दिएको जानकारी अनुसार मृतक अभिमानको लासलाई पनि उनीसंगै नदैडाव पुगेका २४ जनाको साथमै गाउँमा ल्याई सकिएको छ ।

प्रतिकृया दिनुहोस्