News Portal

संविधान र व्यबस्थाको हत्या गर्न खाज्नेसंगको सम्बन्ध बिच्छेद गरेका हौं :– प्रकाश ज्वाला

११७५ पटक

नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले जनप्रतिनीधिद्धारा लेखिएको नेपालको संविधान र जनताले लडेर ल्याएको व्यवस्थालाई हत्या गर्न खोज्ने भष्मा सुरसंगको सम्बन्ध बिच्छेद गरेको बताएका छन् । सनिबार जाजरकोट जिल्ला सदरमुकाम खलंगा स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा (एस) का नेता ज्वालाले यस्तो बताएका हुन् ।

कम्युनिष्ट पार्टीको एकता सम्मान जनक एकता हुनुपर्ने बताउदै नेता ज्वालाले केपी शर्मा ओलीले सम्मान जनक एकतालाई लत्याएर सर्वसत्तावाद लागु गरेको बताए । केपी शर्मा ओलीले आफुलाई पार्टीको बिधान भन्दा माथि राखेर पार्टी चलाउने र आफुलाई संबिधान भन्दा माथि राखेर सत्ता चलाउने गरेको नेता ज्वालाले आरोप लगाए । ओलीसंग सामन्तवादी प्रवृती हावी रहेको बताउदै नेता ज्वालाले बडेमानको तस्वीर राखेर कार्यकर्तालाई आफ्नो जयजयकार गर्न लगाएको भनाई राखेका थिए ।

९ महिने मनमोहन अधिकारको सरकारले सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफै बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएर नेकपा (एमाले) लाई जनताको बीच स्थापित गर्न सफल भएको बताउदै नेता ज्वालाले दुई तिहाई प्राप्त केपी शर्मा ओली सरकारले अधिकारी सरकार जत्तिको काम गर्न नसकेको आरोप लगाए । नेपालको संविधान र ब्यबस्थाको हत्या गर्न खोज्ने र संविधान र व्यवस्थाको सुरक्षा गर्दै समृद्ध गराउन खोज्नेहरु बीचको टकरावले नेकपा (एमाले) बिभाजन हुन पुगेको बताउदै नेता ज्वालाले तत्कालिन नेकपा (एमाले) का महासचिब तथा जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनवादको कार्यदिशालाई पुरा गर्न यतिवेला माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी पुनर्गठित भएको उनले बताए । नेकपा (एस) ले पार्टीको आगामी महाधिवेशनमा समाजवादी कार्यदिशाको नयाँ मोडेल प्रस्तुत गर्ने बताउदै नेता ज्वालाले नेपालको शासकीय स्वरुपका बारेमा पनि आफ्नो पार्टीले नयाँ धारण प्रस्तुत गर्ने बताए ।

तत्कालिन मनमोहन अधिकारीको ९ महिने सरकारका उप–प्रधानमन्त्री माधव कुमार नेपाल रहेको बताउदै नेता ज्वालाले माधव कुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एस) पार्टीले मात्र समाजवादी कार्यदिशालाई पुरा गर्न सक्ने जिक्किर गरेका थिए । भोली असोज ३ गते संविधान दिवसको अबसरमा नेकपा (एस), जाजरकोटले आयोजना गरेको कार्यकर्ता भेला र पार्टी जिल्ला कमिटी घोषणा कार्यक्रममा आफु सहभागी हुन जाजरकोट आई पुगेको नेता ज्वालाले बताएका थिए ।

नेकपा (एस) जाजरकोटले दिएको जानकारी अनुसार भोली असोज ३ गते संविधान दिवसमा विहान बृक्षारोपन गर्ने, त्यसपछि जिल्ला पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्ने, त्यसपछि जिल्ला समन्वय समितिको सभाहलमा कार्यकर्ता भेला गर्नुको साथै पार्टीको जिल्ला कमिटी घोषणा गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा नेकपा (एस) का जाजरकोट जिल्लाभरीका नेता तथा कार्यकर्ता सहभागी हुने भएका छन भने, उक्त भेलालाई नेकपा (एस) की चर्चित महिला नेतृ राम कुमारी झाँक्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्