अवश्यनै रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ । एउटै कोख र एउटै काख पाएकाहरु पनि बैचारिक र भावनात्मक रुपमा नजिक हुन सकेनन् भने नाता फगत एउटा औपचारिकतामा सिमित हुन पुग्दछ । तर जन्म, रगत र जोडिने कुनै साइनो नभए पनि भावना र विचारले निकटता दिलाउँछ भने, उक्त संगत अजम्बरी बन्न पुग्दछ । प्रसंग मेरो प्रात आदारणिय र अवश्मरणीय शेर बहादुर दाईसँगको सहकार्य र सम्बन्धको हो । नाताले हामी दुई साढु भाई हौ । त्यो भन्दा बढी हामी एक अर्काका अनन्य थियौ । सुख दुःखका साथी थियौ । हामी बिच आदानप्रदान गर्न नमिल्ने सायदै कुनै विषय थिएनन् । व्यस्त दैनिकीका बिच भेट्दा हामीलाई आपसमा खुला आकाश चुमे झै लाग्दथ्यो । यो सायद हामी बिचको बैचारिक एकता र भावनाको सानिध्यताले होला ।
अहिले पनि सम्झिरेहेको छु । उहाँले प्रायः मेरो उमेर सोध्नु हुन्थ्यो अनि मेरै जवाफ नभेट्दै उहाँले भन्नु हुन्थ्यो कि उमेरका हिसाबले हामी दुई बाबु छोरा जस्ता तर व्यवहारमा साथी जस्ता कसरी ? । नाताको हिसाबले म त तपाईको अभिभाबक त भइ नै हाले तर तपाई पनि मेरो अभिभाबक हो नि ? मैले किन यस्तो दाई भन्दा तपाईले मेरा मनमा चल्ने अनेकन लहरहरुको छान पहिचान गर्नु हुन्छ । राम्रा लहरहरुलाई अघि वढ्न र नराम्रा लहरहरुलाई छेक्न दिवालको काम गर्नु हुन्छ । सायद यसैले होला तपाईले मेरो मनमा एउटा ठाउँ ओगटी सक्नु भयो त्यही भएर ।
२०७२ सालमा दिदीको असमायिक निधन भयो । पशुपतिमा दिदीको दाहसंस्कार भइ सकेपछि उहाँले बेलुका मलाई छाड्न मान्नु भएन । दुई भाईसँगै बस्यौ त्यो पिडादायी रातमा । तपाई आज यहाँ नवसेको भएँ मलाई सम्हालिन गाह्रो हुन्थ्यो । वसिदिनु भयो धन्यबाद भन्नु भयो । मैले त्यो रात अबेरसम्म उहाँको निरासतुल्य मनलाई उर्जा भर्ने सक्दो प्रयास गरे ।
दिदीको असमायिक निधनपछि उहाँ अलि बढि निरास हुनुहुन्थ्यो । यद्यपी, समयक्रममा आफूलाई दृढ तुल्याउने प्रयास पनि गरिरहनु भएको थियो । दिदीको सम्झनामा शारदा स्मिृति प्रतिष्ठान मार्फत सामाजिक सेवामा संलग्न रहने उहाँको तिब्र इच्छा थियो । गत श्राबण महिनामा उहाँसँगको अन्तिम भेटमा पनि उहाँले त्यही प्रतिज्ञा दोहोर्याउनु भएको थियो ।
दर्जनौ गीतका गायक, जाजरकोटी लोकसंस्कृतिका नायक शेर बहादुर अधिकारीको पहिचान गीतकार, कवि र कथाकारको रुपमा समेत रहेको छ । मसँगको अन्तिम भेटमा सय वटा कथा लेखेको, त्यही संख्यामा कविता पनि लेखेको र प्रकाशनको क्रममा रहेको कुरा उहाँले व्यक्त गर्नु भएको थियो ।
दर्जनौ गीतका गायक, जाजरकोटी लोकसंस्कृतिका नायक शेर बहादुर अधिकारीको पहिचान गीतकार, कवि र कथाकारको रुपमा समेत रहेको छ । मसँगको अन्तिम भेटमा सय वटा कथा लेखेको, त्यही संख्यामा कविता पनि लेखेको र प्रकाशनको क्रममा रहेको कुरा उहाँले व्यक्त गर्नु भएको थियो ।
जिल्लाको समग्र विकास, भाषा साहित्य, कला संस्कृतिको सम्बद्र्धनमा सदैब क्रियाशील उहाँ जाजरकोट जिल्लाको मात्र नभएर देउडा गीत र संस्कृतिको धरोहर हुनुहुन्थ्यो । अहिले त यो अवस्थामा छ जिल्ला, ४० को दशकमा कुन अवस्थामा हुँदो हो ? त्यस्तो अवस्थामा समेत जिल्लाका जनजिब्रोका गीतहरुलाई टपक्कै टिपेर रेडियो नेपालमा दर्जनौ लोकप्रिय गीत रेकर्ड गराउनु भएका शेर बहादुर अधिकारी साधारण व्यक्तित्व अवश्य नै होइन । एउटा असाधारण कलाकर्मी, जाजरकोटी लोक वार्ताका नायक अधिकारीको विरासत बोक्ने साधकको अभाबपूर्ति कहिले हुन्छ भन्न सकिदैन । उहाँको असमायिक निधनले जाजरकोटको लोक साहित्य टुहुरो भएको छ भन्दा अतिसयोक्ति सायद हुँदैन ।
उहाँका लोकप्रिय गीतहरु रनवनका हरेक चरीले पनि चिरबिर भाकामा गाउँदी हो । नलगाड, मजकोटगाड र छेडागाडले पनि सुसेल्दी हो । धारपानी, चिनघुम्द, मालिका डाँडामा बहने मन्द तुफानले लय मिलाउँदी हो जस्तो लाग्छ ।
उहाँका लोकप्रिय गीतहरु रनवनका हरेक चरीले पनि चिरबिर भाकामा गाउँदी हो । नलगाड, मजकोटगाड र छेडागाडले पनि सुसेल्दी हो । धारपानी, चिनघुम्द, मालिका डाँडामा बहने मन्द तुफानले लय मिलाउँदी हो जस्तो लाग्छ ।
म सानै उमेरमा हुँदा कालरात्रीको साँझ मौलामा हामीले दोकान थापेका थियौं । उहाँ आएर हाम्रो दोकानमा वस्नु भएको थियो । उहाँ नै हो शेर बहादुर अधिकारी, लोक गायक भनेर बुवाले मलाई चिनाउनु भएको थियो । गाउँपाखामा उहाँको लौ साली जुत्ता, ल्याउँ माया यता, बारेकोट अँध्यारी खोला देखिदैन जिरी, बाँचुञ्जेलका मुलाकाज भेट हुने नाइ फेरी जस्ता लोकप्रिय गीतहरु सुनीरहेकाले उहाँप्रति मेरो विशेष श्रद्धा थियो । मैले पहिलोपटक एउटा कलाले निपूर्ण तर व्यवहारमा निक्कै सरल मानिस भेटेको अनुभूत गरेको थिएँ त्यो कालरात्रीको साँझ ।
गाउँपाखामा उहाँको लौ साली जुत्ता, ल्याउँ माया यता, बारेकोट अँध्यारी खोला देखिदैन जिरी, बाँचुञ्जेलका मुलाकाज भेट हुने नाइ फेरी जस्ता लोकप्रिय गीतहरु सुनीरहेकाले उहाँप्रति मेरो विशेष श्रद्धा थियो । मैले पहिलोपटक एउटा कलाले निपूर्ण तर व्यवहारमा निक्कै सरल मानिस भेटेको अनुभूत गरेको थिएँ त्यो कालरात्रीको साँझ ।
पढ्दै र बढ्दै जाँदा उहाँको बहुआयिमक व्यक्तित्वसँग म परिचित हुँदै थिएँ । यसलाई वि.सं.२०५७ मा भएको मेरो बिबाहले झन निकट बनायो । त्यसपछि हामी साढु दाई भाई भएका थियौं । बैबाहिक सम्बन्धले हामी झन निकट भएका थियौं । तर, नजिकबाट भलाकुसरी भएको खासै थिएन । म २०५९ मा डिग्री पढ्न काठमाण्डौ हानिएको थिएँ । सायद पौष महिनाको झिसमिसे साँझ पर्दै थियो । सुनधाराको रंगसालाबाट आ–आफ्नै रफ्तारमा हामी आफ्नो बास स्थानमा पुग्ने हतारोमा रहेछौ । छोटोबाटो प्रयोग गर्ने क्रममा रंगसालाको बार क्रस गर्दा हाम्रो जम्का भेट भयो । दाई नमस्ते भने मैले । नमस्ते ज्यान ठिक्कै छ । छिटो आउनू भन्दिनू भन्थिन् मैयाले भन्दै उहाँ अघि वढ्नु भयो । हवस् दाई छिटै जाने भनेको छु भनेर म पनि लम्किए फूलबारी गेष्टहाउसतिर । सायद त्यही हाम्रो पहिलो बातचित थियो । त्यो भन्दा अघि भेट भए पनि बातचित भएको जस्तो लाग्दैन ।
पछि जागिरको क्रममा मेरो डोल्पाबाट जाजरकोट सरुवा भए पछि भेटघाट बाक्लिदै गयो । भलाकुशरी, सुख दुःखका कुरा साटासाट गर्न थाल्यौ । त्यतिखेर उहाँ भेरीज्ञानोदय क्याम्पसमा अध्यापनरत हुनुहुन्थ्यो ।
जाजरकोट जिल्लामा काम गरिरहंदा हामी अझ एक अर्काको नजिक हुन पुग्यौं । खासगरी जिल्लाको शैक्षिक सुधार, विकास र उन्नयनका लागि हामीले निक्कै वहस, छलफल र सहकार्य गर्यौ । सायद २०६५ सालतिर होला त्यतिखेर उहाँ अखिल नेपाल शिक्षक संगठन, जाजरकोट अध्यक्ष हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा शैक्षिक सुधारका लागि ५२ बुँदे शैक्षिक सुधारको मार्ग चित्र प्रस्तुत गर्नु भएको थियो । उक्त ५२ बुँदेले जिल्लाको शैक्षिक सुधारमा एउटा बहस सिर्जना गरेको थियो । धेरै वर्ष पछि पनि, जिल्ला बाहिर रहँदा पनि भेट हुँदा वा फोनमा कुरा हुँदा हामी ५२ बुँदेको प्रसंग निकालेर जिल्लाको शैक्षिक सुधार र विकासको चिन्तामा लिन हुने गर्दथ्यौं ।
२०६५ सालतिर होला त्यतिखेर उहाँ अखिल नेपाल शिक्षक संगठन, जाजरकोट अध्यक्ष हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा शैक्षिक सुधारका लागि ५२ बुँदे शैक्षिक सुधारको मार्ग चित्र प्रस्तुत गर्नु भएको थियो । उक्त ५२ बुँदेले जिल्लाको शैक्षिक सुधारमा एउटा बहस सिर्जना गरेको थियो । धेरै वर्ष पछि पनि, जिल्ला बाहिर रहँदा पनि भेट हुँदा वा फोनमा कुरा हुँदा हामी ५२ बुँदेको प्रसंग निकालेर जिल्लाको शैक्षिक सुधार र विकासको चिन्तामा लिन हुने गर्दथ्यौं ।
२०७२ सालमा पुःन जिल्ला शिक्षा अधिकारीको रुपमा मैले जाजरकोटमा काम गर्दा उहाँ जिल्लाको पुरानो विद्यालय श्री जनप्रिय माद्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । हामीले त्यही विद्यालयको प्रागंणबाट २०७३ ज्येष्ठ १० गते शैक्षिक सुधार वर्षको घोषणा गरेका थियौं । जिल्लाको शैक्षिक सुधार, विकास र उन्नयनका लागि निक्कै महात्वांकाक्षी प्रस्ताब थियो त्यो । जिल्ला शिक्षा अधिकारीको रुपमा जिल्लाबाट बाहिर गइसकेपछि पनि उहाँले उक्त शैक्षिक सुधार घोषणाको प्रसंग उस्काइ रहनु हुन्थ्यो ।
पछिल्लो समय हामी काठामाण्डौंको चपलीमा नजिक नजिकै वस्थ्यौ । फुर्सद हुँदा र नहुँदा पनि समय निकालेर भेट गर्दथ्यौं । प्रायः उहाँले नै मलाई फोन गरेर आज यो कार्यक्रममा जाउँ । भोली त्यो कार्यक्रममा जाउँ भन्नु हुन्थ्यो । मलाई पनि दुई भाईसँगै जाँदा खुशी लाग्थ्यो र समय निकालेर जाने गर्दथे । विशेषगरी जाजरकोटी सेवा समाजलाई सक्रिय बनाएर जाजरकोटबासीको हितमा काम गर्ने उहाँको मनसाय थियो । त्यसैले पनि कुनै बेला निक्कै सक्रिय उक्त समाज प्राय निष्कृय भएको अवस्थामा फेरी जीवन्त बनेको थियो । सेवा समाज मार्फत पिकनिंक, देउँसी भैलो, कोषवृद्धि लगायतका अभियानहरु चलाइएको थियो ।
तपाईको देहावसानको आकस्मिक खबरपछि धेरै पटक मुटु छाम्न बाध्य भएको छु दाई । धेरै पिडा भएको छ । जीवनको परिभाषा नै बदलिन पुगेको छ मेरो शव्दकोषमा । तपाईको यादले सताउने मात्र होइन झस्काउने समेत गर्न थाल्यो । कसरी विर्सौ तपाईलाई ? नविर्सौ त जीवन रंगहीन होला जस्तो ? विर्साै त हामीले गरेको सहकार्य र सानिध्यतालाई अन्याय होला भन्ने डर ? के गरौ दाई बिलखबन्दमा छु ? विर्सन पनि गाह्रो र सम्झन पनि कठिन तपाईसँग विताएका पलहरु नै हाम्रा लागि पिडादायी भएका छन् । जहाँ हुनुहुन्छ, खुसी रहनू होला । अलबिदा शेर बहादुर अधिकारी दाई ।
मसँगको अन्तिम भेटमा उहाँले जाजरकोटी सेवा समाजलाई काठमाण्डौंमा कसरी जीवन्त बनाउने होला भनेर निक्कै चासो र चिन्ता राख्नु भएको थियो । छिट्टै एउटा बैठक वसौ भन्नु भएको पनि थियो । जवाफमा मैले बस्ने भए भच्र्युअल बसौ, म सुर्खेत भए पनि जोडिन भ्याउँछु भनेको थिएँ । हुन्छ म खबर गर्छु भनेर जाजरकोटी सेवा समाजको चिन्तालाई बीट मारेका थियौ त्यो भेटमा ।
त्यो अन्तिम भेटमा उहाँले कुराकानीको क्रममा हस्तलिखित कथा, कविता र गीतको प्रकाशनलाई अघि बढाउँदै छु भन्नु भएको थियो । भाषा साहित्य र संस्कृतिको विकासका लागि जिल्लाभर अभियान चलाउने पनि कुरा भएका थिएँ । आउँदै गरेको दशै र नजिकिदै गरेको उहाँको सेवा निवृत जीवनको तयारीका बारेमा पनि जान अन्जान धेरै कुरा गरेका थियौं । त्यो साउनको मध्यतिर केही व्यक्तिगत योजना, केही सामाजिक योजना, केही व्यक्तिगत सपना र केही सामाजिक सपनाका धेरै कुरा भएका थिए । यी सबै कुरा अपूरै छोडेर यति छिटो किन ब्रम्हलिन हुनु भयो दाई ? तपाईको देहावसानको आकस्मिक खबरपछि धेरै पटक मुटु छाम्न बाध्य भएको छु दाई । धेरै पिडा भएको छ । जीवनको परिभाषा नै बदलिन पुगेको छ मेरो शव्दकोषमा । तपाईको यादले सताउने मात्र होइन झस्काउने समेत गर्न थाल्यो । कसरी विर्सौ तपाईलाई ? नविर्सौ त जीवन रंगहीन होला जस्तो ? विर्साै त हामीले गरेको सहकार्य र सानिध्यतालाई अन्याय होला भन्ने डर ? के गरौ दाई बिलखबन्दमा छु ? विर्सन पनि गाह्रो र सम्झन पनि कठिन तपाईसँग विताएका पलहरु नै हाम्रा लागि पिडादायी भएका छन् । जहाँ हुनुहुन्छ, खुसी रहनू होला । अलबिदा शेर बहादुर अधिकारी दाई ।