News Portal

जिल्ला प्रशासन कार्यालयद्धारा खलंगा बजार अनुगमन

८३० पटक

जिल्ला प्रशासन कार्यालय जाजरकोटद्धारा खलंगा बजार अनुगमन अनुगमन गरिएको छ । जिल्ला सदरमुकाम खलंगाको गैरीखालीका पसलहरु विहिबार अनुगमन गरिएको हो ।

नजिकिदै गरेको हिन्दु नेपालीहरुको महान् चार्ड वडादशै, दिपावलीमा ब्यापारीहरुबाट हुन सक्ने दैनिक उपभोग्य बस्तुहरुको मुल्य बृद्धी, कृतिम अभाव सृजना, म्याद गुज्रेका अखाद्य बस्तुको बिक्रि वितरणलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएका जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा कार्यरत प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिएका छन् । जिल्ला सदरमुकाम खलंगा लगाएतका जिल्लाका मुख्य–मुख्य बजार अनुगमनको कामलाई दैनिक रुपमा सम्पन्न गरिने अधिकृत केसीले बताएका छन् ।

बिहिबार प्रशासकीय अधिकृत केसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय जाजरकोट, उद्योग तथा उपभोक्ता हित संरक्षण समिति, भेरी नगरपालिका, उद्योग वाणिज्य संघ जाजरकोट, कोष तथा लेखा नियन्त्रक कार्यालय, नेपाल पत्रकार महासंघ जाजरकोटको र नागरिक समाज जाजरकोटका अगुवा समेतको संयुक्त टोलिले गैरीखालीको बजार अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा पसलमा फेला परेका म्याद गुज्रेका अखाद्य तथा दैनिक उपभोग्य सामाग्री जफत गरेर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनका क्रममा केही पसलहरुमा पलको साइनवोर्ड समेत नराखेको, अधिकांश पसलहरुमा मुल्य सूची नराखेको पाइएको कार्यालयले बताएको छ । मुल्य सुची र साईनबोर्ड नराखेका पसलहरुलाई जिल्ला प्रशासन कार्यालयले लिखित तथा मौखिक सचेत गराएको छ ।

प्रतिकृया दिनुहोस्