News Portal

जाजरकोटको बस पार्कमा नागरिक सहायता कक्ष स्थापना

७८२ पटक

जाजरकोटको बसपार्कमा नागरिकता सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयले शुक्रबार जाजरकोट बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरेको हो । नजिकिदै गरेका बडा दशैँ, दिपावली तथा छठ जस्ता महान् पर्वको अवसरमा नागरिकहरुको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयले नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

सवारी साधनमा आवात जावत गर्ने नागरिकहरुको भिड्भाड बढ्दै जाने भएपछि सिट संख्या भन्दा बढि यात्रु राख्ने, निर्धारण गरिएको भन्दा बढि भाडा उठाउने, मदिरा सेवन गरेर गाडी चलाउने, निर्धारण गरिएको स्पिड कार्ड भन्दा तिब्र गतिमा गाडी कुुदाउने कामलाई स्थापना गरिएको नागरिक सहायता कक्षले नियन्त्रण गर्ने प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले बताएका छन् । नलगाडको चौखादेखि शिवालयको छेडाचौर हुदै छेडागाडको बडाबनसम्मका सबै प्रहरी चौकीमा नागरिक सहायता कक्ष स्थापना गरिएको जानकारी दिदै जिल्ला प्रहरी प्रमुख डिएसएपी थापाले सहायता कक्षले यात्रुहरुको मात्र नभएर गाडी चालक र सहचालकको सुरक्षार्थ सहयोग गर्ने बताएका थिए ।

वडा दशै तथा दिपावलीलाई हर्षउल्लासमय बनाउनुको साथै सुखमय बनाउनलाई स्थापना गरिएको नागरिक सहायता कक्षले तत्कालै नागरिकका पिर मर्काहरुको सुनुवाई गर्ने उद्देश्यका साथ स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिएका थिए । यस बर्ष लामो समयसम्मको मनसुन र अविरल बर्षाका कारण जिल्लाका सहायक रोडहरु संचालनमा ल्याउन नसकेको जानकारी दिदै प्रजिअ देबकोटाले जिल्लाका सबै सहायक रोडहरुलाई तत्कालै संचालनमा ल्याउन अधिकतम प्रयास भैरहेको जानकारी दिएका थिए । शान्तिचौतारा बसपार्कमा स्थापना गरिएको नागरिक सहायता कक्षमा दैनिक जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनशक्ति परिचालन गर्ने बताईएको छ ।

नागरिक सहायता कक्षमा सर्बसाधारण नागरिक तथा यात्रुहरुलाई तत्कालै सम्पर्क गर्नु परेमा फोन नं.–०८९–४३००१२, जिप्रका कन्ट्रोल नं.–०८९४३०१००, १००, मो नं.ः–९८४३१६५६९९ लगाएतका नम्बरमा फोन गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्