News Portal

मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद

१४९१ पटक

कर्णाली प्रदेश सरकारको मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद रहेका छन् । कर्णाली प्रदेश सरकार हालै परिवर्तन भएपछि मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद रहेका हुन् ।

केही दिनमै बिस्तार हुन लागेको कर्णाली प्रदेश सरकारको मन्त्री मण्डलमा आफ्नो नामलाई पार्न जाजरकोटका प्रदेश साँसद गणेश प्रसाद सिंह (खगेन्द्रसेन) र कृष्ण शाह (सन्ध्या) लागि परेका छन् । दुबै साँसद नेकपा माओवादी केन्द्रसंग सम्बद्ध भएतापनि सिंह प्रत्यक्ष निर्वाचनबाट निर्वाचित साँसद हुन भने, शाह समानुपातिक साँसद हुन् ।

प्रदेश सरकारको मन्त्री बन्नका लागि सिंह र शाहले आफु सम्बद्ध पार्टीदेखि संसदीय दलसम्म छलफल तथा परामर्शलाई तिव्र बनाएको बुझिएको छ । बन्त्री बन्ने दौडमा दुवै साँसदले आ–आफ्नै बलिया तर्कहरु पार्टी र संसदीय दलमा पेश गरेको बुझिएको छ । विगत जनयुद्धको पृष्ठभुमीबाट आएका दुबै साँसदले आफुलाई तथ्य सहितको राजनैतिक तर्क गर्न उत्तिकै सिपालु बनाई रहेका छन् ।

थालनीदेखि नै विगत जनयुद्धमा लागेको, जिल्लाको समग्र भुगोल र मनोबिज्ञानलाई बुझेको, शान्ति प्रक्रिया पश्चात समग्र जिल्लाको बिकासका लागि आफु सक्रिय तथा क्रियासिल भएर लागि परेको, प्रत्यक्ष निर्वाचनबाट जनादेश प्राप्त गरेको प्रतिनीधिका रुपमा सिंहले आफुलाई प्रस्तुत गरेका छन् । पार्टीको विचार, सिद्धान्त र संगठनको योजनामा आफु परिपक्क भएको साँसद सिंहले तर्क गरेका छन् ।

स्कुल जीवन कालमै गरिएको विद्यार्थी राजनीतिले पार्टीको विचार, सिद्धान्त र संगठनको योजनामा परिपक्क आफु बाल्यकालमै भई सकेको साँसद शाहले तर्क गरेकी छन् । बाल्यकालमै आफुले भोगेको प्रहरी हिरासतको चरम यातनाको पिडाले नै आफुलाई विगत जनयुद्धको असहतालाई सहज महसुस गराएको बताउदै साँसद शाहले नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशमा बनेका सबै महिला साँसदहरु मध्ये कतिपयले उप–सभामुख त कतिपयले मन्त्री बन्ने अबसर पाईसकेको अबस्थामा उक्त अबसरबाट आफु बन्चित हुन नहुने भनाई राखेकी छन् । ४ बर्षको अबधिमा साँसद बाहेक कुनैपनि संसदीय समितिको जिम्मेवार पदमा नबसेको जानकारी दिदै साँसद शाहले ४ बर्षको समयमा संसदीय दलको कुनै पनि जिम्मेवारीमा नरहेको बताउने गरेकी छन् । विचार र सिद्धान्तले चलेको पार्टी संगठनात्मक पद्धतिमा चल्नुपर्ने माग गर्दै साँसद शाहले सबैलाई समान अबसर प्रदान गर्न पार्टीलाई आग्रह गरेकी छन् ।

साँसद शाहका लोग्ने (रामदीप आचार्य) नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश कमिटीे सचिब जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेको, शाहका एका घरका जेठाजु (माया प्रसाद शर्मा) राष्ट्रिय सभाको सदस्य, स्वयं शाह प्रदेश सभा सदस्य भएको हुदा एउटै घरमा यति धेरैलाई पार्टीले जिम्मेवारी र अबसर दिएको तर्क गर्दै कतिपयले आगामी दिनमा पार्टीले शाहलाई नभएर सिंहलाई मन्त्री बनाउनुपर्ने तर्क गर्न थालेका छन् भने, कतिपयले २०७४ सालमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा चुनाव लड्नलाई पार्टीले मायाप्रसाद शर्मालाई टिकट दिन तयारी गरेको भएता पनि विद्रोही तथा आक्रमक स्वाभावका साँसद सिंहले आफुलाई टिकट दिन पार्टीलाई बाध्य बनाएको भएता पनि यसपाली सिंहलाई मन्त्री बनाउन पार्टी बाध्य हुन नहुने तर्क गर्न थालेका छन् । सिंक प्राकृतिक श्रोत बाँडफाँड तथा अर्थ समितिको संयोजक भएको हुदा मन्त्री बन्ने अबसर शाहलाई दिनुपर्ने कतिपयको तर्क रहेको छ ।

मन्त्री बन्नलाई बाईपंखी घोडा दौडको चालमा रहेका जाजरकोटका दुबै साँसदलाई जिल्लाबासीहरुले अग्रिम बधाई तथा शुभ कामना दिन थालेका छन् । तत्कालै बिस्तार हुने प्रदेश सरकारको मन्त्री मण्डलमा जति वटा मन्त्रालय नेकपा माओवादीकेन्द्रको भागमा पर्दछन त्यसैबाट पार्टीले आगामी चुनावमा नतिजामुखी परिणाम निकाल्न सक्ने विलक्षण क्षमतावान व्यक्ति, प्रदेशको सबै भुगोलको प्रतिनीधित्व गर्ने व्यक्ति, जाति र लिङ्ग जस्ता समुदायको सहभागिता सुनिश्चित हुने व्यक्तिको नामलाई मन्त्री मण्डलमा राख्न सिफारिस गर्न लागेको बुझिएको ।

प्रतिकृया दिनुहोस्