News Portal

अलविदा स्यानदाई

२०४२ पटक

कस्तो संयोग हामी नलगाडको दल्ली जादै थियौ । त्यहाँ प्रेस सेन्टर नेपाल जाजरकोट शाखाको चौथो अधिवेशन र वाईसिएल नेपाल नलगाड नगरको प्रथम समेलन पनि थियो । त्यहाँ ज्यादा बुवाको मीत हाम्रो मीतबुवा कालेगाउँमा ब्रेन ह्मावर भएर सिकिस्त विरामी हुनभएको रहेछ । नेपालगंज सन्चो नहुने देखेर घरमै ल्यानु भएछ । उहाँलाई भेट्न कालेगाउँ पुग्यौ क.ढकवीर राना र म । मीतवुवाको घरमा लामो समय वसेको थिए । खलंगा स्कुलमा पढदा २०३९÷०४० सालतीर त्यही घरबाट अखिलको संगठन निर्माण गर्ने काम गरेका थियौं । मीतदाई भीमबहादुर वटालाको भने संगठनमा पटकै रुची थिएन । जो कुरा अहिले पनि भेट्मा बताउने गर्नुहुन्छ । मेरो गहिरो सामिप्पता थियो त्यो घरमा त्यो गाऊमा । मेरो मीतबुवा पनि १५ गते वित्नु भएछ निकै दुख्ख लाग्यो । मेरो बुवा दिबङ्गत भएको बेला कालकृया नगरेकोमा दुख्ख मानेको कुरा बताउनुहुन्थ्यो । जीउदो रहुन्जेल दुख्ख दिने मरेपछि खोजीखोजी खीरदिने, ध्यूदिने ठिक भएन भनेर तर्कगर्दा भने खुशीहुनुभयो । ठिक उस्तै रोगले ग्रसित हाम्रो घराना भिञका हाम्रा दाजु–भाई मध्य सवैभन्दा जेठा मट्टाकुरा स्यानदाई मोतिराम आचार्य विरामी पर्न् भएछ । म दल्लीबाट घर फर्किए जिउ अनिदो जस्तो थियो । भान्जीहरुले घरमा तिहारका रोटी पकाउदै थिए । भान्जीहरु नातीनीहरु गफिएर बसेका थियौ अवेर १० बजेसम्म । त्यसपछि सुत्न जाँदा निद्रा त्यति राम्रोसंग लागेन । कोठा मुसाहरुको भरपर्दो जन्मभुमीमा परिनत भईसकेको रहेछ । रातभरी साना–ठुला मुसाहरुको चुईचुई गरेको भाषा र दुगुरेको आवाजको धुन आनन्द पुर्बक सुनिरहे । करिव १ बजेतिर निद्रा लागेछ भुसुक्कै निदाएछु म ।

विहान तिन बजेतिर साईला भाई युवराजले फोन गरेछन मलाई अहिले नवोलाउ भनेछु निद्राको झोकमै । उनी पार्टी केन्द्रिय सल्लाकार गोपाल जैसी कमरेड मुक्ति तथा विरामी स्यानदाईको घरतिर लागेछन भतिजा अटल र सजक पनि । विहान फिर्ता भई सकेपछि कुरा भयो सानदाईलाई उपचारका लागि चौरजहारी हस्पिटलमा लिएको खवरको वेलीविस्तार । भतिजा गोपाललाई फोन गरे । फोन उठेन, भान्जा विरागलाई गरे फोन उठेन । नाती शुभराजलाई फोन गरे उनको श्रीमती लक्ष्मीले फोन उठाई, संयोग भनौं सासु र दुवै वुहारीको नाम एउटै परेछ लक्ष्मी । को लक्ष्मी हो भने कान्छी लक्ष्मी भएको थाहा भयो । फेरी अर्को नम्वरमा गरे शुभराजले उठाए । दाईको अबश्था, स्थिती र घटनाक्रम वुझने काम भयो । मलाई पक्का थाहा भयोकी अव उहा बाच्नु हुन्न भन्ने कुरा । अव के गर्ने छोरा नाती, गाऊका आफन्त सहयागीहरु सबैको थप उपचारका लागि नेपालगन्ज लिने मनसाय बुझीयो । धेरै सम्झाउदा पनि केही सिप लागेन । डा.सुमनले हेरेको कुरा थाहा पाएपछि उहाँसंग सोधने मन लाग्यो । डाक्टरले पनि भन्न अलि उप्ठयारो मान्ने कुरा स्पभाबिक जस्तो लाग्यो, तर कुरा स्पस्ट बुझिन्थ्यो अव उहाँलाई सन्चो हुदैन भन्ने । डाक्टरको कर्तव्य सधै विरामीलाई सन्चो हुन्छ उपचार गर्नु पर्छ भन्ने हो । त्यही आधारमा टेकेर अलि बल गरे अवस्था अलि क्रिटिकल छ अरु हजुरहरुले बुझने कुरा हो भन्दा थाहा भयो । एम्वुलेन्स बोलाई सकेकाले त्यसैमा घर ल्याउने सलाह भयो । उहाहरु र म संगसंगै घरमा पुग्यौ, अवस्था निकै गम्भीर थियो । अलि–अलि आखाले हेर्ने र ईशारामा वोल्ने गर्नु हुन्थ्यो, मुख चल्दैनथ्यो । दाँया पट्टिको शरिर पुरै मरिसकेकोले एउटा हातले अलि–अलि संकेत गर्नु हुन्थ्यिो । उहाँको अवस्था अलि गम्भिर लाग्यो दिनभरी त्यतैतिर वरपर गरर्यौ । भेटघाट छलफलमै समय बित्यो । तिहारको समय भएकाले गाउँघरमा चहलपहल बढेर बाक्लो हुदैथियो । छोरी–चेलीहरु आउने क्रममा बृद्धि भइरहेको थोयो ।….नाति नारायण, नातिनी जोशिलाहरु पनि आए सवैले अन्तिम भेट गर्न पाए । हामी गाऊ घुम्ने गरी हिडेका थियौ बाशुदेव दाई र म । तिहारको भैलो भन्दै कतै भैसीको दुध, कतै रोटी खाँदै उहाँको घरसम्म पुग्यौ । घरका, समाजका, राष्ट्रका कुरा गरयौं जो सधै चल्ने गर्थे । सत्यदाईको घरमा मकैका रोटी, साग र मह खाएर म दिदीको घरतिर लागे किनकी मैले भोली विहानै काठमाण्डौ जाने तयारी गरेको थिए । तिहारमा मैले त २०४८ साल देखि र अरु दिदी भाईहरुले २०५१ साल देखि दशै तथा भाईटिका लगाउन छोडी सकेका थियौ । यद्यपि आजसम्म पनि लगाउने गरेका छैनौ । तर शान्ति प्रक्रिया देखि यता घरका सवै परिवारसंगै भएर बर्षमा एकपटक सुख–दुखका कुरा गर्ने गर्छौ । हाम्रा र देशका सहिद भाईवहिनीहरु प्रति सम्मान गर्छौ, स्मरण गर्छौ । त्यही भलाकुसारी गर्न दिदिको घरमा गएको थिए भात पाकेको रहेछ भात खायौ, साना केटा–केटीहरुस‌ग खेल्ल र झिस्काउन मलाई मनपर्छ त्यही काममा तल्लिन थिए । शंख बजेछ दिबङ्गत भएपछि शंखद्धारा जानकारी दिने चलन छ हाम्रो गाऊ समाजमा । हामीलाई स्याल कराए जस्तो आवाज लाग्यो । भान्जा विराग बाहिर गएर बुझनु भयो । त्यो शंख रहेछ कान्छा मामा दिवंङ्गत हुनु भए जस्तो लाग्यो भन्दै आउनु भयो, हामी सवै स्तब्ध भयौ ।

हामी सवै त्यहाँबाट स्यानदाईको घरतिर लाग्यौ उहाँ त मेरो वुवाको दौतरी हो एक बर्ष अन्तरले । मलाई वुवा दिवंङ्गत भएदेखि उहाँलाई झन अभिवावक मान्दै आएकाले अहिलेसम्म अभिबाबक बिहिन्ताको महसुस भएको थिएन । घरतिर आएको वेलामा पहिलो पटक भेट्ने गथ्र्ये । प्रायजसो गाउँका बुढापाका व्यक्तित्वहरुलाई सधै भेटछु । माइलाबा,कान्छी ठुल्ज्या, तल्लघर बई, कट्ट्वालआवा, बल्लपुरे कान्छा बाज्ये, जम्ल्यासल्ली साइल्दाई आदी इत्यादिलाई । मोतीराम दाई त एउटा संघर्षशिल व्यक्ति हो । पार्टी निर्माणमा वँहाको भुमिका निकै महŒवको छ । हामी साना तिना काम पञ्चायतकाल देखि गर्दै आर्यौ । नन्दाराम दाई, सुदाम जेठान, भरत सर, हरिसर, इन्द्रलाल, डाडाघर सुदाम लगायतकाहरुले । त्यस्ता कामका लागि वहाँको घर पाएक पथ्र्यो मट्टाकुरा होस या काफलचौर अनि स्यालापानी । ०४६ सालको परिवर्तन पछि अवस्था अलि खुकुलो भयो । नेकपा (मसाल) पछि एकताकेन्द्र खुलामोर्चा संयुक्त जनमोर्चा निर्माणका लागि हामी.युवाहरु जुट्थ्यौ । हामीलाई हौसला, उत्साह र जाँगर दिने काम वहाँले नै गर्नुहुन्थ्यो । हाम्रो प्रिय र बिरोधीहरुको.चर्को बिरोधी बनेर । ग्रामिण वर्गसंघर्ष, जनयुद्धको थालनी सबैमा सकृय.दाईलाई बुड्यौली लागे पनि जागरमा कहिले कमि आएन । जनयुद्ध शुरुमै पार्टी भित्र भाग दौड थाल्यो । मै हु भन्ने कमरेडहरु पनि माक्र्स, लेनिन, माओ, प्रचण्ड लगायत हामीलाई सरापन्न थाले । चाला र छालाको बढ्दो चर्काे सघर्ष चल्यो, घरहरु प्रतिबन्धित भए, सिमित युवा मात्र बाँकी रहे । हाम्रो गाऊ माञ होईन एकाध ठाऊ बाहेक सबै खालीभएको जस्तो भयो । भाई दारुण (सहिद) भतिजा गोपाल (मुक्ति) वँहाको छोरा र वीरबहादुर खडका (क.बिजुली) दुईवटा .बन्दुक एक–एक काधमा हालेर गाऊगाऊ घुम्थ्ये । जनसमुदायहरुलाई थोरै भएपनि आशा जगाउथे । तिनिहरुसँग भेटघाट गर्न मुस्किल थियो । जंगल बस्ने, प्राय दिन भोकै रहने गर्थे, विरोधी र कतिपय ठाऊमा आफनैबाट बाच्नु पनि चुनौति थियो । म राती घरमा आएर हाम्रो बा र सानदाईलाई उनिहरु भएको ठाउतिर जाने सल्लाह दिए । त्यहा मेरो सानी फुपु र कान्छी दिदी स्यान्दाईका बहिनी हुनुहुन्थ्यो । बिहान बहिनिहरुलाई भेट्ने थियो भने काम छोराहरुको अवस्था बुझने थियो । जानुभयो भेट्नु भयो. खुशी भएर आउनु भयो । हाम्रो पार्टीका साथीहरु हाम्रो फुपुलाई फुपु र दिदीलाई दिदी भन्नु हुन्थ्यो । पछिसम्म पनि पार्टीमा आउने बिचलनका.विरुद्ध लाग्नुहुन्थ्यो उत्साह जगाउनु हुन्थ्यो । हाम्रो कहिल्यै नविर्सिने उर्जाशिल, कर्तव्यनिष्ठ मेरो स्यानदाईलाई गलाउन सबैले मेहनत गरे तर कसैले सकेनन ।

यस्तै कुराको स्मरण गर्दै बिहान सबेरै जम्मा भयौ । सव गाडीमा राखेर सडक सडकै लियौ भन्ने मेरो भनाई बलसाली बनेन । पुरानो रितितिथि चाउने नाममा जंगलको बाटो नै हिड्यौ । मेरो आँखा भने ओभाना हुन सकेनन, स्परमा कम्पन आउन थाल्यो । विगतका स्मरणहरु क्यासेटका रिल घुमेझै घुम्नथाले । सरर विगत आँखा अगाडि आउन थाले । सानदाई हामीले थालेको परिवर्तनको मुद्धामा सहमति जनाउनले ७५÷७६ वर्षको उमेरमा ज्यान केसको मुद्धा बेहोर्नु पर्यो । तत्कालिन राज्यसत्ताले वहालाई पिछा गरिराख्यो । काफलचौर जाँदा मर्नेगरी कुटाई पिटाई दियो । स्यालापानी, इवरगार, टुनि, सल्लेरी जाँहा जादा पनि मनोबैज्ञानिक माञ होईन शारिरीक पिडा कम दिएन तर वहाँ कहिल्यै पनि निरास हुनुभएन । एउटा जोसिलो युवा झै भएर हामिलाई साथ दिई राख्नु भयो । हामी घाटमा पुग्यौ । विधिका, रिती थिती, परम्पराका बकम्फुसे कुराहरु चलिरहेकै थिए । जिन्दगीभरी वँहाको कामको समर्थन नगर्नेहरुले स्वर्ग पठाउने बाटो सजिरहेका थिए । वँहा, हामी, घाट र उनिहरुका वीच तिब्र संघर्ष चलिरहेकै थियो । नाङ्गै रहनु भएका दाजुभाईहरुका वीच म लगायत दाई बासुदेब, भाई साकार, गणेश, दाईहरु गोपाल, विष्णु, भतिजाहरु जसकाद्धार खुलेका थिएनन लगायत सयौ मलामीका बीच भान्जा बिरागले झण्डा ओडाउने उद्घोषण गर्नुभयो मैले हसिया हतौडा रुपी झण्डा ओडाएर सानदाइलाई मुठ्ठी उठाई लालसलाम गर्दै अश्रुधारा आसुका साथ अन्तिम बिदाई गरे । चितामा राख्यौ अरु भन्दा फरक पहिरनमा दागबत्ती दिदै सान्दाइको अधुरो काम पुरा गर्ने बाचा गर्याै बँहा जस्तै सतिसाल झै अडिक रहने बाचागर्यौ । शरिर बुढो सहास युवा भएका वँहाले हामीलाई न कठिन परिस्थितिमा भाग्न सिकाउनु भयो न जनताका नाममा धन्दा गर्ने कुरा सिकाउनु भयो । दाई तपाईको सघर्षशिल योगदानको उच्च कदर गर्दै जस्तो सुकै परिस्थिति आएपनि हामी मरेर पनि जीउदै रहने प्रयत्न गर्नेछौ । बाँचेर मर्ने बाटो कहिले रोज्ने छैनौं । यो सिमित परिवर्तन पनि तपाइहरुले भोगेका दृढ साहस, कठिन र झुट्टा यातना, घृणा तिरस्कार पुर्ण ब्यबहारको समाना गरेर माञ भयो । तपाइले गर्ने काम यही हो गरिसक्नु भयो दाई । सहिद जो तपाईको खलकबाट दर्जनौं र देशैभरीबाट हजारौ भए ती महान् सहिदको रगत, हजारौ घाइते, अपा¨, ब्यवारिसे छन वँहाहरुको उच्च योगदानले भएको हो ।

अहो स्यान्दाई सधा–सधाका लागि वारियाला टुनीका रुखमुनी जलाएर, सेलाएर आएपनि तपाईले गरेका काम रोजेको बाटो र प्रतिबद्धता जिउदै छन । हामी बाचेकाले त्यो काम पुरा गर्ने छौ है दाई हार्दिक श्रदान्जली हार्दिक श्रदान्जली हार्दिक श्रदान्जली अलबिदा ।

प्रतिकृया दिनुहोस्