News Portal

नेपाली कांग्रेस जाजरकोटको सभापतिमा बेदराज सिंह सर्वसहमत

१२०७ पटक

नेपाली कांग्रेस, जाजरकोटको सभापतिमा बेदराज सिंह सर्बसहमत निर्वाचित भएका छन् । जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसारको प्रक्रिया पुरा गरेर सिंह सभापति पदमा सर्वसहमत निर्वाचित भएका हुन् ।

१४ औ जिल्ला अबिधेशनको निर्वाचनका लागि जिल्ला निर्वाचन समितिले सनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । निवर्तमान पार्टी सभापति दिपक जंग शाह अध्यक्ष रहेको नेपाली कांग्रेस, जाजरकोटको कार्यदलले सहमति, सर्वस्वीकार्य तथा सहकार्यको माध्यामबाट नेपाली कांग्रेस, जाजरकोटलाई एकताबद्ध बनाउन आईतबार दिनभरी ठुलै अभ्यास गरेको थियो ।

कार्यदलको विशेष अभ्यास पश्चात नेपाली कांग्रेस, जाजरकोट पार्टी सभापति बेदराज सिंह लगाएत सिङ्गो जिल्ला कार्यसमिति, प्रदेश क्षेत्र (क) र (ख) का क्षेत्रीय समितिका सभापति लगाएतको समिति, महाधिबेशन प्रतिनीधि र महासमिति सदस्य सबै निर्बिरोध निर्वाचित भएको नेपाली कांग्रेस, जाजरकोटले जनाएको छ ।

नेपाली कांग्रेस, जाजरकोटले दिएको जानकारी अनुसार सभापतिमा बेदराज सिंह, उप–सभापतिमा रत्न खड्का र खडक विसी निर्बिरोध निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा तेजविक्रम शाह र हरिचन्द्र बस्नेत, सह–सचिवमा छवी पन्त र खडक विसी निर्बिरोध निर्वाचित भएका छन् । कोषाध्यक्ष पदका लागि भने, निर्वाचित जिल्ला कार्यसमिति सदस्यबाट सभापतिले मनोनित गर्ने प्राबधान भएको हुदा अहिले नै आधिकारिक रुपमा टुङ्गो लागि नसकेको नेपाली कांग्रेस, जाजरकोटले जानकारी दिएको छ । कोषाध्यक्ष पदको आकांक्षीमा भीम बहादुर सिंह, जनक केसी लगाएतका व्यक्तिहरु रहेको नेपाली कांग्रेस, जाजरकोटको एक सुत्रले जानकारी दिएको छ ।

नेपाली कांग्रेसको विधान–२०१७ (संशोधन सहित) ले गरेको व्यवस्था अनुसार नगरपालिकाबाट २ जना र गाउँपालिकाबाट १ जना जिल्ला कार्यसमितिमा प्रत्येक्ष निर्वाचित गरिने प्रावधान अनुसार नै जिल्ला कार्यसमितिलाई निर्बिरोध निर्बाचित गरिएको छ भने, पार्टी विधानले गरेको व्यवस्था अनुसार सभापतिले मनोनित गर्ने सदस्य सहित २७ सदस्य जिल्ला कार्यसमिति चयन हुने नेपाली कांग्रेस जाजरकोटले जानकारी दिएको छ ।

प्रदेश क्षेत्र (क) को क्षेत्रीय सभापतिमा लिला बहादुर शाह निर्बिरोध निर्वाचित भएका छन् भने, प्रदेश क्षेत्र (ख) को क्षेत्रीय सभापतिमा जनकराज शर्मा निर्बिरोध निर्वाचित भएका छन् । दुई वटै प्रदेश क्षेत्रका क्षेत्रीय समिति पनि २७ सदस्य रहने व्यवस्था भएको नेपाली कांग्रेस, जाजरकोटले जानकारी दिएको छ ।

त्यसैगरी नेपाली कांगेसको महासमिति सदस्य पदमा जाजरकोटबाट राजिब विक्रम शाह, दिपक जंग शाह, सनत कुमार कार्की, मुक्ति प्रसाद आचार्य, इलम बहादुर शाही, महेन्द्र बहादुर शाह, भुमिलाल रोकाय, मैना कार्की रावल, रामछाया शाही, धर्म नेपाली गरी १० जना निर्बिरोध निर्वाचित भएका छन् ।

१४ औं जिल्ला अधिवेशनको निर्वाचनबाट नेपाली कांग्रेसको महाधिबेशन प्रतिनीधिमा राजिव विक्रम शाह, दिपक जंग शाह, सनक कुमार कार्की, मुक्ति प्रसाद आचार्य, इलम बहादुर शाही, महेन्द्र बहादुर शाह, सर्पराज रावत, बिन बहादुर सिंह, काली बहादुर खत्री, रत्न अधिकारी, शेर बहादुर शाही, भुमिलाल रोकाय, मैना कार्की रावल, रामछाँया शाही, गिता शाही, धर्म बहादुर नेपाली, सरिता सिंह, लाली आरसी, पुष्पराज बस्नेत, खम्ब जंग शाह, देविका सिंह, सोना शाही, फणिन्द्र सुनार, हजारी नेपाली र याम बहादुर बस्नेत गरी २५ जनालाई निर्बिरोध निर्वाचित गरेको छ ।

जिल्ला निर्वाचन समितिले दिएको जानकारी अनुसार निर्बिरोध निर्वाचित सबैलाई आज नै सबै प्रक्रिया पुरा गरी प्रमाण–पत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्