News Portal

नेकपा एमाले जाजरकोटको अध्यक्षमा खिम बहादुर शाही बिजयी

७२१ पटक

नेकपा एमाले, जाजरकोटको अध्यक्षमा खिम बहादुर शाही बिजयी भएका छन् । छैटौं जिल्ला अबिधेशनको निर्वाचनबाट शाही बिजयी भएका हुन् ।

सोमबार भएको निर्वाचनको पदाधिकारीहरुको मत परिणम निर्वाचन कमिटीले मंगलबार बेलुका सार्वजनिक गरेको छ । निर्वाचन कमिटीले सार्वजनिक गरेको मत परिणाम अनुसार २१७ मत प्राप्त गरेर खिम बहादुर शाही अध्यक्ष पदमा बिजयी भएका छन् भने, उनका निकटतम प्रतिद्धन्दी करवीर शाहीले २१० मत प्राप्त गरेका छन् । ७ मतको अन्तरले खिम बहादुर शाहीले करवीर शाहीलाई पछि पारेका छन् ।

त्यसैगरी उपाध्यक्ष पदमा गोपाल बटालाले २२५ मत ल्याएर बिजयी हासिल गरेका छन् भने, उनका निकटतम प्रतिद्धन्दी नवराज सिंहले १७७ मत प्राप्त गरेको निर्वाचन कमिटीले जानकारी दिएको छ । बटाला र सिंहको ४८ मतको अन्तर परेको छ । निर्वाचन कमिटीले दिएको जानकारी अनुसार सचिव पदमा २१५ मत प्राप्त गरेर वीर बहादुर गिरीले बिजयी हासिल गरेका छन् भने, उनका निकटतम प्रतिद्धन्दी नर बहादुर खत्रीले १८६ मत प्राप्त गरेका थिए । गिरी २९ मतको अन्तरमा खत्रीलाई पछि पारेका छन् ।

त्यसैगरी २ सह–सचिव पदमा भएको निर्वाचनमा ४ जना उमेरदवारले निर्वाचन लडेका थिए । २५८ मत ल्याएर सह–सचिव पदमा विजयी हासिल गरेका गोपाल नेपालीका निकटतम प्रतिद्धन्दी राम बहादुर शाहीले १४५ मत प्राप्त गरेका थिए भने, २४७ मत ल्याएर सह–सचिव पदमा बिजयी हासिल गरेका नर बहादुर बस्नेतका निकटतम प्रतिद्धन्दी जयराम न्यौपानेले १०४ मत प्राप्त गरेका थिए । नेकपा एमाले जाजरकोटको छैटौं अधिवेशनमा ४४० जना प्रतिनीधिले भाग लिएका थिए भने, ४३३ जना प्रतिनीधिले मतदान गरेका थिए ।

जिल्ला कार्यसमितिका खुल्ला, दलित र भुगोल सदस्यहरुको मत गणना भईरहेको निर्वाचन कमिटीले जानकारी दिएको छ । निर्वाचन कमिटीले दिएको जानकारी अनुसार जिल्ला कार्यसमितिका सबै सदस्यहरुको मत गणना राति १० बजेसम्म जारी राखिने भएको छ । मत गणनाको काम आज नै सम्पन्न गरिने निर्वाचन कमिटीका एक सदस्यले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्