News Portal

सेनाद्धारा ६५ घर परिवारलाई कम्बल, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

६६८ पटक

नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–११ का ६५ घर परिवारलाई कम्बल वितरण गरेको छ भने, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । चिसोबाट जोगाउन विपन्न ६५ घर परिवारलाई नेपाली सेनाले कम्बल बितण गरेको हो भने, विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।

बिहिबार नेपाली सेनाले भेरी नगरपालिका–११ कट्टिगाउँका विपन्न ६५ घरपरिवारलाई कम्बल वितरण गरेको नेपाली सेनाको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामेले बताए । त्यसैगरी शिवशंकर माध्यामिक विद्यालय जगतिपुरमा अध्ययनरत विपन्न दलित विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छौं गणपति गोतामेले भने–‘परोपकारी काम गर्दै आएको नेपाली सेनाले विहान वेलुकाको छाक टार्न मुस्किल पर्ने, कमाई गर्न कालापहाड जान बाध्य भएका घरपरिवारलाई कम्बल वितरण गरेका छौं भने, विद्यालयमा अध्ययनरत विपन्न दलित विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरेका छौं ।’

नेपाली सेनाले दिएको कम्बल पाएपछि त्यहाँका स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । जाडोयाममा कम्बल दिएर आफुहरुलाई न्यानो माया दिएको भन्दै त्यहाँका स्थानीयले नेपाली सेनालाई धन्यवाद दिएका छन् । नेपाली सेनाले दिएका शैक्षिक तथा खेलकुद सामग्रीहरुले शिक्षण सिकाई तथा शारिरिक विकासमा मद्दत पुग्ने विद्यालयका प्रधानाध्यापक रामलाल आचार्यले बताएका छन् । प्रअ आचार्यले विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री दिएकोमा नेपाली सेनालाई धन्यवाद दिएका छन ।

कोरोना संक्रमणको असहज अबस्थामा घर आँगनमै पुगेर नेपाली सेनाले न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री बितरण गरेकोमा धन्यवाद दिदै भेरी नगरपालिका–११ का वडा अध्यक्ष लक्ष्मी प्रसाद जैसीले शुखी व्यक्त गरेका थिए । सर्वसाधारणको लागी सुख दुःखको साथी बन्न नेपाली सेना सदैवः साथमा रहदै आएकोमा गौरव लागेको वडा अध्यक्ष जैसीले भनाई राखेका थिए । राहात वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेसप्रसाद देवकोटा, प्रहरी नायब उपरिक्षक मधुकमार थापा, राष्ट्रिय अनुसन्धान प्रमुख ओम खड्काको सहभागिता रहेको थियो ।

नेपाली सेनाको चन्दननाथ गणले जाजरकोट जिल्ला सदरमुकाम खलंगामा विपदमा परेका घाइते तथा जटिल अबस्थाका विरामीलाई हेलिकप्टरबाट उद्धार गर्न सकिने रात्रीकालिन अवतरण तथा सुविधायुक्त हेलिप्याडको निर्माण सम्पन्न गरेको छ ।

प्रतिकृया दिनुहोस्