News Portal

एमालेबाट निर्वाचित गाविस उपाध्यक्ष सिंह एकीकृत समाजवादी प्रवेश

४८४ पटक

जाजरकोटमा नेकपा एमालेबाट निर्वाचित एक गाविस उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन । जिल्लाको तत्कालिन ढिमे गाउँ विकास समितिका उपाध्यक्ष नरजित सिंहले एमाले परित्यागगरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन ।

२०५४ सालमा एमालेबाट गाविस उपाध्यक्ष निर्वाचित सिंह एकीकृत समाजवादी जाजरकोटको पार्टी कार्यालयमा उपस्थित भएर पार्टी प्रवेश गरेका हुन । कुशे गाउँपालिका वडा ६ घर भएका सिंह हाल एमाले कुशे गाउँ कमिटी सदस्यको जिम्मेवारी रहेको थिए ।

पछिल्लो समयमा एमाले पार्टी बामपन्थी विचारबाट बिचलित भएकोले र व्यक्तिवादी प्रबृत्ति हाबि भएका कारण सो पार्टी परित्याग गरेको उनले बताए । नेपालमा बाम आन्दोलनको अवको नेतृत्व एकीकृत समाजवादी पार्टीले मात्र गर्न सक्ने भएकोले आफुले सो पार्टी रोजेको भन्दै ढिलोचाँडो सबै नेकपा एकीकृत समाजवादीमा समाहित हुने सिंहले बताए ।

जाजरकोटका पुराना कम्युनिष्ट नेता समेत रहेका सिंहसंगै कांग्रेस निकट युवा संगठन नेपाल तरुण दलका जिल्ला सदस्य जय बहादुर खड्का पनि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन । कुशे गाउँपालिका ६ का खड्का पनि पार्टी कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।

सिंह र खड्कालाई एकीकृत समासजवादी जाजरकोटका उपाध्यक्षद्वय कमान खड्का र तप्त बहादुर हमालले पार्टीमा स्वागत गरेको समाजवादी प्रेस संगठन जाजरकोटका अध्यक्ष पवन शर्माले जानकारी दिए ।

दुई दिन अघि कुशेका निराजन शाही, दिपक वि.क, लोकेन्द्र वि.क र नलगाड नगरपालिका ५ का विशाल विक्रम चदारा एमाले तथा कांग्रेस परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्